arrow

चुरेभावरलाई एमालेमा मिसाउँदै ओलीले देउवामाथि पोखे आक्रोश 

logo
प्रकाशित २०७४ असोज २८ शनिबार
KP-oli-naya-news.jpeg

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेकोप्रति आक्रोश पोखेका छन् । प्रधानमन्त्री देउवाले आचार संहिताको उलंघन गर्दै मन्त्रिपरिषद् विस्तार गरेको भन्दै ओलीले आक्रोश पोखेका हुन् । 

राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उनले केही दिन भएपनि लाभ लिउँ भन्ने मानसिकताले प्रधानमन्त्रीले मन्त्रीपरिषद् विस्तार गरेको आरोप लगाए । 

एकता र सम्वृद्धिका लागि लड्नेहरुको अगुवाई नेकपा एमालेले गरेको जिकिर गर्दै  अध्यक्ष ओलीले कानुनको पालना गर्ने सन्दर्भमा संवेदनशील हुनुको साटो नचाहिने काम गरेको आरोप लगाएका हुन् । उनले भने, ‘विना काम विना विभागिय मन्त्री थप्दै नेपाली कांग्रेस क्षणिक लाभ लिन अग्रसर भएको देखियो ।’ यही कार्यक्रमबाटै बद्री न्यौपाने नेतृत्वको चुरे भावर राष्ट्रिय एकता पार्टी एमालेमा मिसिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ