arrow

यूनेस्को प्रमुखमा फ्रान्सकी आजु निर्वाचित

logo
प्रकाशित २०७४ असोज २९ आइतबार
unesco.jpg

पेरिस । संयुक्त राष्ट्रसंघको सांस्कृतिक निकाय युनेस्कोले फ्रान्सकी पूर्व संस्कृतिमन्त्री ओड्रे आजुलेलाई नयाँ प्रमुखको रूपमा चयन गरेको छ । 

यूनेस्को इजरायलप्रति ‘पूर्वाग्रही’ भएको भन्दै अमेरिकाले उक्त निकायबाट अलग हुने घोषणा गरेको एक दिनपछि नयाँ प्रमुखका रूपमा आजुले निर्वाचित गरेको हो । 

युनेस्को प्रमुख चयन गर्न भएको दोस्रो चरणको मतदानमा मोरक्को मूलकी यहुदी आजुलेले आफ्ना प्रतिद्वन्द्वी कतारका पूर्व संस्कृतिमन्त्री हमाद बिन अब्दुल अजिज अल–कवारीलाई झिनो मत अन्तरले हराएकी हुन् । अमेरिका र इजरायलले युनेस्कोबाट अलग हुने घोषणा गरेपछि उक्त निकायको प्रमुख चयन गर्ने कुरा छाँयामा परेको थियो । 

यसअघि अमेरिकाले युनेस्कोबाट अलग हुने घोषणा गरपछि यसको केही घण्टा नबित्दै इजरायलले आफू पनि उक्त निकायबाट बाहिरिने बताएको थियो । युनेस्कोकी पूर्व प्रमुख इरिना बोकोभाले उक्त निकायबाट अमेरिका अलग हुनु ‘दुःखको विषय’ भएको बताएकी थिइन् । 

युनेस्कोबाट अलग हुने अमेरिकी निर्णय सन् २०१८ को डिसेम्बर अन्त्यतिर कार्यान्वयनमा आउनेछ र त्यसअघिसम्म अमेरिका युनेस्कोको पूर्ण सदस्यकै रुपमा रहिरहनेछ । अमेरिका र इजरायलले युनेस्कोका केही निर्णयहरुलाई विरोध गर्दै आएको पृष्ठभूमिमा उनीहरुले पछिल्लो निर्णय गरेका हुन् । 

युनेस्कोले सन् २०११ मा प्यालेस्टाइनलाई पूर्ण सदस्यता दिने निर्णय गरेपछि त्यसको विरोधमा अमेरिकाले उक्त निकायलाई दिंदै आएको सहायतामा कटौती गरेको थियो । एपी
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ