arrow

क्यालिफोर्निया आगलागीका कारण मृत्यु हुनेको सङ्ख्या ३३ पुग्यो

logo
प्रकाशित २०७४ असोज २९ आइतबार
fair.jpg

सान फ्रान्सिस्को ।  क्यालिफोर्नियामा लागेको डढेलोका कारण मृत्यु हुनेको सङ्ख्या शनिबारसम्म ३३ पुगेको क्यालिफोर्नियाको गभर्नरको कार्यालयको सङ्कटकालिन सेवा कक्षले जनाएको छ ।

आगलागी नियन्त्रण प्रयासमा डढेलो प्रभावित क्षेत्रमा आएको हावा हुरीका कारण समस्या भइरहेको सो कार्यालयले जनाएको छ ।हामी आगलागीको सङ्कटलाई अलिकति पनि नियन्त्रण गर्न नसकिएको उक्त कार्यालयका निर्देशक मार्क गिलार्डुसीले बताए । 

आगलागी नियन्त्रणका लागि करिब नौ हजार अग्नी नियन्त्रक खटाइएको र उनीहरूले अनवरत रूपमा खटिरहेको समेत बताए । आइतबार शुरु भएको डढेलोले वनक्षेत्र सहित करिब ९० हजार हेक्टर जमिनमा विनास गरेको र करिब छ हजार भौतिक संरचनालाई खरानीमा परिणत गरेको प्रारम्भिक अनुमान गरिएको छ । सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ