arrow

वैद्यले मोहनविक्रमसँग एकता गर्ने 

logo
प्रकाशित २०७४ असोज २९ आइतबार
mohan-vaidhya.jpeg

काठमाडौं । भरखरै सम्मेलन सकेको क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले एमाले–माओवादी र कांग्रेस–राप्रपा सबै एउटै भएको बताएका छन् । 

पोखरामा भएको पार्टीको पहिलो सम्मेलनले पारित गरेको कार्यदिशाबारे जानकारी दिन आयोजित पत्रकारसम्मेलनमा महासचिव वैद्यले केही रुपमा मात्रै तलमाथि भएपनि माओवादी–एमाले र कांग्रेस–राप्रपा राजनीतिक एवं  वर्गीय रुपमा एउटै भएको बताएका हुन् । उनले भने, ‘राजनीतिक र वर्गीय रुपमा उनीहरु सबै एउटै हुन् । मात्रात्मक रुपमा मात्रै केही भिन्नता होलान्’ महासचिव वैद्यले कम्युनिष्ट भन्ने एमाले र माओवादी समेत वर्गीय रुपमा काँग्रेस र राप्रपासँग बरिने टिप्पणी गरे । 

पत्रकारसम्मेलनमा वैद्यले पहिलो राष्ट्रिय सम्मेलनले क्रान्तिकारी कम्युनिष्टहरुलाई एकतावद्ध गर्ने निर्णय गरेको भन्दै प्रयास सुरु गरिएको बताए । प्रगतिशील र क्रान्तिकारीहरुबीच एकता गर्ने निर्णय स्वरुप मोहनविक्रम सिंह नेतृत्वको  मसालसँग पहल गरिएको वैद्यले सुनाए । 

वैद्यले एमाले र माओवादीको गठनबन्धन वाम हुँदै होइन भने । उनले भने, ‘यो प्रतिक्रियावादीहरुको गठबन्धन हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ