arrow

साउदी अरेबियाको  फर्निचर उद्योगमा आगलागी हुदा १० जनाको मृत्यु

logo
प्रकाशित २०७४ असोज २९ आइतबार
aglagi.jpeg

रियाद । साउदी अरेबियाको राजधानी रियादमा रहेको एउटा फर्निचर उद्योगमा भएको आगलागीमा परी कम्तीमा पनि १० जनाको मृत्यु भएको छ भने अरु तीन जना घाइते भएका छन् । 

साउदीको नागरिक सुरक्षा सम्वन्धी निकायले रियादको बाद्र भन्ने ठाँउमा रहेको फर्निचर उद्योगमा आगलागि भएको जनाएको छ । 

गएराति भएको आगलागीको कारणका अहिले सम्म पत्ता लाग्न सकेको छैन । यसमा परी मृत्युभएकामा सोही उद्योगका मजदुर रहेको अनुमान गरिएको छ । 

 नागरिक सुरक्षा सम्वन्धी निकायले आधिकारीक ट्विटर अकाउन्टमा आगलागी सम्वन्धी फोटोहरु पनि राखेको छ । 

आगलागी नियन्त्रणका लागि केही अग्नी नियन्त्रकहरु रातिदेखि नै खटिएका थिए । एएफपी
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ