arrow

पत्रकारलाई ढुंगा हान्ने प्रहरीलाई कारवाही नगरे आन्दोलनमा जाने: अछाम प्रेस यूनियन

logo
प्रकाशित २०७४ असोज ३१ मंगलबार
Nepal-Press-Union_20140908050041.jpg.jpeg

काठमाडौं । नेपाल प्रेस यूनियन अछामका पुर्व अध्यक्ष यज्ञराज ढुंगाना माथी भएको ज्याददी प्रती नेपाल प्रेस युनियन जिल्ला शाखा अछामले खेद प्रकट गरेको छ ।

सदरमुकाम मंगलसेनमा व्यापारीवाट हप्ता अशुलीको विरोधमा वकालत गरेको भन्दै गरेको ज्याददी निन्दनिय भएको युनियनले जनाएको छ।  असोज ३० गते ढुंगाना माथि सुनियोजीत ढंगले प्रहरीले आक्रमण गरेको समेत युनियनले आरोप लगाएको छ ।  नेपाल प्रेस यूनियन अछामका कार्यबाहक अध्यक्ष धनराज साँउदले प्रेस विज्ञप्ती निकाल्दै ढुंगाना माथि ढुंगा हान्ने प्रहरीलाई कारवाही नगरिए कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् 

ढुंगाना यूनियन अछामका पुर्व अध्यक्ष, नेपाल पत्रकार महासंघ अछाम शाखाका संस्थापक सदस्य तथा केन्द्रिय पासर्द र रेडियो अछामका सहल्हाकार सम्पादक समेत हुन् ।


प्रेस विज्ञप्ती
नेपाल प्रेस यूनियन अछामका पुर्व अध्यक्ष, नेपाल पत्रकार महासंघ अछाम शाखाका संस्थापक सदस्य तथा केन्द्रिय पासर्द र रेडियो अछामका सहल्हाकार सम्पादक यज्ञराज ढुंगाना माथि भएको ज्याददी प्रति नेपाल प्रेस यूनियन जिल्ला शाखा अछाम कडा शब्दमा खेद प्रकट गर्दछ । 
मिती २०७४ असोज ३० गते अछाम जिल्लाको सदरमुकाम मंगलसेनमा व्यापारीवाट प्रहरीको हप्ता अशुलीको विरोध गरी सुशासनका पक्षमा वकालत गर्दा यसरी एक संचारकर्मीलाई यसरी अमानविय रुपमा बिधिको शासनको खिल्ला उडाउदै मानव अधिकारको हनन् गरी ढुंगाना माथी गरिएको ज्यादती एकदमै निन्दनिय कार्यको हो । यस कार्यको नेपाल प्रेस युनियन जिल्ला शाखा अछाम कडा रुपमा घोर भत्र्सना गर्दछ ।  
ढुंगाना माथि सुनुयोजीत ढंगवाट गरीएको प्रहरी आक्रमणको घोर भत्सर्ना गर्दै यथा सिघ्र दोषीमाथि कारबाही नगरीए प्रेस युनियन कडा अन्दोलनमा उत्रिने अछाम प्रहरीलाई कडा चेतावनी दिन चाहान्छौँ । 
सत्यतथ्य छानविन गरी घट्नामा संलग्न प्रहरीलाई कडा रुपमा कारबाहीको माग गर्दै घाईत ढुंगानाको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ । 
 
कार्यबाहक अध्यक्ष 
धनराज साँउद 
नेपाल प्रेस यूनियन जिल्ला शाखा, अछाम । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ