arrow

चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ राष्ट्रिय सम्मेलन बुधबार सुरुहुदै

logo
प्रकाशित २०७४ असोज ३१ मंगलबार
china-flag.png

बेइजिङ। चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ राष्ट्रिय सम्मेलन (काँग्रेस) बुधबार बिहान सुरुहुने भएको छ । उक्त सम्मेलन बुधबार बिहान ९ बजे बेइजिङको ग्रेट हल अफ दि पिपुलमा सुरु हुने तय भएको बेइजिङबाट प्राप्त समाचारमा जनाइएको छ । 

चिनियाँ समाचार समिति, सिन्ह्वाका अनुसार सो सम्मेलनको सबै तयारीहरु पूरा भएको छ । ग्रेट हल अफ दि पिपुल विशेष रुपमा सिंगारेर अति आकर्षक बनाइएको छ । 

बुधबार बिहान हुने उक्त सम्मेलनको उद्घाटन सत्रको चइना नेशनल रेडियो, चाइना सेन्ट्रल टेलिभिजन र चाइना रेडियो इन्टरनेशनलले प्रत्यक्ष प्रशारण गर्ने भएका छन् । 

उक्त प्रशारणहरु रेडियो टेलिभिजनहरुका अतिरिक्त विभिन्न वेभसाइट र अनलाइन पोर्टलहरुमा पनि हेर्न सकिने बताइएको छ । 

उक्त काँग्रेसमा सहभागिताका लागि चीनका विभिन्न भागबाट जम्मा २ हजार २८७ जना प्रतिनिधि छानिएका छन् । उनीहरुमध्ये अधिकांश आज नै बेइजिङ आइपुग्दैछन् । 

चिनियाँ कम्युनिष्ट पार्टीको नेशनल काँग्रेस हरेक पाँच बर्षमा बस्नेगर्छ । नेशनल काँग्रेस चिनियाँ कम्युनिष्ट पार्टीको सर्वाोच्च निकाय हो । यसलाई सो पार्टीको एक महत्वपूर्ण एवम् शक्तिशाली अंगका रुपमा लिने गरिन्छ । 

यसले आगामी पाँच बर्षका लागि कम्युनिष्ट पार्टीको नयाँ नेतृत्व चयन गर्नुका साथै पार्टीले आगामी पाँच बर्षमा गर्नुपर्ने कामहरुको योजना पनि पारित गर्ने गर्दछ । सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ