arrow

दिदी बहिनी रुहाउँदै वैदेशिक रोजगार 

logo
वैदेशीक रोजगार 
प्रकाशित २०७४ कार्तिक १ बुधबार
rojgar.jpg.jpeg

पाल्पा । विहिवार गुल्मी मुसिकोटका हिमाल थापा आमा बुवाको आर्शिवाद लिएर वैदेशीक रोजगारीका लागि दुवै हिंडे  । तिहार नजिकिदैं गर्दा दिदिलाई भेटेर जाने भन्दै पाल्पा झरी दिदी लाई भेटेका  थिए  । हप्ता दिन कुरेको  भए उनको निधारमा सप्तरंगी टीकाले सजिन्थ्यो । गला मखमली मालाले भरिन्थ्यो । हातभरि दिदिले दिएको मिठाईको पोका हुन्थ्यो । मन भरि देउसी भैलोको उमंग रहन्थ्यो । 

काग तिहारको तिन दिन अगाडी नै सप्तारंगी सपना बोकेर रित्तो निधार  विदेशीए। झोलामा काजपत्र र खल्तीमा पासपोर्ट बोकेका  उनी निन्याउरो अनुहारमा पाल्पा वसपार्कमा भेटीए  । तिहारको मुखैमा घर छाड्नु पर्दाको पीडाले होला उनको अनुहारमा बाध्यात्मक भाव झल्कन्थ्यो । स्वादेशमा काम नपाएपछि वैदेशिक रोजगारका लागि दुवई  हिडेका उनलाई दिदी सजना केशीले वसपार्कमा विदाई गरिन्  । झोला बोकेर तिहारको मुखैमा विदेशीदैं गरेको भाईलाई दिदिले हात हल्लाउँदै विदाई गरेको दृश्यले वसपार्कको वातावरण खल्लो बन्यो । त्यसै त भाईहरु  जहिले घर छाडेर हिडे पनि दुः ख लाग्छ , अहिले त झन तिहारको मुखैमा हिड्यो भाईलाई विदा गरेपछि केशीले आँखामा आसु ल्याउदै सुनाइन् , निकै नरमाईलो लागेको छ । काललाई बरु रोक्न सकिन्थ्यो होला , गरिवीका कारण घर छाडेर जादैँ गरेको भाईलाई कसरी रोक्न सकिन्छ उनले  थपीन्  आज मैले तिहार अगावै उसलाई आर्शीवादको माला लगाइदिए । 

वसपार्कमा केशीले भाईलाई विदा गरेको केही क्षणमै रैनादेवी छहरा पाल्पाका किशोर रायमाझी झोला भिरेर विदेशींदै थिए  । तिहारको मुखमै विदेश जानुको पिडा उनको अनुहारमा पनि झल्कन्थ्यो । फुलै फुल  र उज्यालोको पर्व आउँदै गर्दा उनी  पनि अध्यारो मुख लगाएर जादैँ थिए । घरमा दिदीले मखमली, सयपत्री फुलहरु रोप्नुभएको थियो ,उनले भने, तर माला उनिनुभन्दा अगावै जाँदै छु । घरपरिवार र आफन्ताका सपना पूरा गर्न पहिलो पल्ट रसिया जाँदै गरेका उनी समय परिस्थिति  मिलेमा ३ वर्ष पछि टीका थाप्न आउने सुनाए । कानमा तेलका धारा चुवाउदैँ , ओखरको टिक टिक गराउदैँ दिदीले लगाई दिएको सप्तरंगी टीका निकै प्यारो लाग्ने उनले सुनाए । यसरी दिदीको हातको सप्तरंगी टीका र गलामा माला लगाउनु अगावै हामीलाई बाध्यताले लग्यो उनले भने । त्यो विदाईको समयको दिदीको अनुहार  सम्झंदा अहिले पनि नरमाईलो लागिरहेको छ , आफुलाई दिदीले घरबाटै विदाई गरेर पठाएको रायमाझीले सुनाए । 

दुई साता अघि बाग्लुङ्गका दिपेश महत पनि काठमाडौंको विमानस्थलमा भेटीए  । उनी  पनि तिहारको पूर्वसन्ध्यामा घर छाड्नु पर्दा दुःखी देखिन्थे । वैदेशीक रोजगारिका लागि कतार उड्ने तयारीमा रहेका महत  घरमा श्रीमती र कलिला नानीहरुले नजान आग्रह गरे पनि उनिहरुकै सपना पुरा गर्न आफु हिडेको सुनाए  । कमाएर छोराछोरीलाई शिक्षा दिक्षा  दिनु छ , राम्रो घर बनाउनु छ  उनले भने, यही सपनाले हामीलाई जाना बाध्य बनाएको छ । जिल्लामा रोजगारिको राम्रो अवसर नभएकाले विदेश उड्नु परेको महतले सुनाए  । 

यो बाधयता थापा, रायमाझी र महतको परिवारको मात्र हैन । वैदेशीक रोजगारमा जाने हजारौ घरपरिवारको साझा समस्या हो । स्देशमै रोजगार नमिल्दा युवाले दशै तिहार जस्ता महान् पर्व मात्र हैन बुढेशकालका आमा बाबुलाई छाडेर दैनिक हजारौँको हारहारीमा युवा बिदेशी रहेका छन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ