arrow

ललितपुर सांस्कृतिक नगरी घोषणा गर्न सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण 

logo
प्रकाशित २०७४ कार्तिक १ बुधबार
lalitpur_duwu.jpg

ललितपुर । ललितपुर जिल्लालाई सांस्कृतिक र पर्यटकीय नगरी घोषणा गराउन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको सम्बद्ध वक्ताहरुले बताएका छन् ।

नेवाः पत्रकार राष्ट्रिय दबू ललितपुर शाखाले नेपाल संवत् ११३८ नयाँ वर्ष, दिपावलीको अवसरमा बुधबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रमका सहभागीहरुले सो कुरा बताएका हुन् ।सो अवसरमा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले ललितपुर जिल्ला धार्मिक, सांस्कृतिक र आर्थिक विकास र सम्भावनाका दृष्टिले अत्यन्त महत्वपूर्ण रहेको चर्चा गर्दै त्यसलाई मूर्त रुप दिन सांस्कृतिक र पर्यटकीय जिल्ला घोषणा गर्नुपर्नेमा जोड दिए । सो कार्यका लागि स्थानीय सञ्चारमाध्यम र पत्रकाहरुको भूमिका महत्वपूर्ण रहेको पनि प्रमुख महर्जनको धारणा रहेको छ ।

ललितपुर महानगरपालिकाका उपप्रमुख गीता सत्यालले स्थानीय तहलाई सफल बनाउन सञ्चार क्षेत्रको भूमिका सशक्त हुनुपर्ने खाँचो औल्याइन् । 
 
ललितपुर उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष सविन श्रेष्ठले उद्योग वाणिज्य संघको संयोजनमा गठित यल सांस्कृतिक पर्व सरंक्षण समितिको सक्रियतामा लापोन्मुख मूर्त र अमूर्त सम्पदा जोगाउन पहल गरेको भन्दै जिल्लाको आर्थिक, सांस्कृतिक विकासका मुद्दाहरुलाई सञ्चारमाध्यमले प्राथमिकता दिनुपर्ने खाँचो औल्याए । 

नेपाल प्रेस काउन्सिलका सदस्य शुभेच्छाबिन्दुले काउन्सिलले मातृभाषाको पत्रकारिताको विकासका लागि ठोस नीति ल्याउने तयारी गरिरहेको उल्लेख गर्दै नेपाली पत्रकारिताको दायरा फराकिलो पार्न मातृभाषाको पत्रकारिता फस्टाउनुपर्नेमा जोड दिइन् । उनले मातृभाषाको पत्रकारिताको विकासका लागि स्थानीय तहको प्राथमिकता दिन पनि आग्रह थियो ।

दबूका केन्द्रीय अध्यक्ष श्रीकृष्ण महर्जनले नेपाली सञ्चार क्षेत्रलाई समावेशी बनाउन, मातृभाषाको पत्रकारिताको विकासका लागि पत्रकार दबूले विविध कार्यक्रमहरु गर्दै आएको जनाउँदै यस कार्यले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रतालाई अकुण्ठित बनाउने धारणा राखे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ