arrow

अफगान सेनाको कारबाहीमा १२ तालिबान मारिए

logo
प्रकाशित २०७४ कार्तिक १ बुधबार
Afganistan_Attack.jpg.jpeg

कान्दाहार । अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा अफगान प्रहरीले बुधबार बिहान गरेको कारबाहीमा परी कम्तीमा १२ जना तालिवान लडाकू मारिएका छन् । 

प्रान्तीय प्रहरी प्रमुख अब्दुल रजाकले बुधबार सो जानकारी दिएका छन् । कान्दाहार प्रान्तको शहर ए सफा जिल्लामा बुधबार बिहान सबेरै सीमा प्रहरी बलले यो कारबाही गरेको थियो । 

यस कारबाहीमा १२ तालिवान आतङ्ककारी घटनास्थलमा नै मारिनुका साथै अन्य छ घाइते भएका रजाकले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका हुन् । 

कारबाहीको क्रममा प्रहरीले तालिवानको हातहतियार समेत कब्जा गरेको बताइएको छ । उनीहरु लुकेर बसेको आश्रयस्थलमा यो कारबाही भएको थियो । 

यस क्षेत्रमा सक्रिय रहेका तालिवान आतंककारी समूहले भने यस कारबाहीको विषयमा कुनै टिप्पणी गरेका छैनन् । तालिबानहरुले पछिल्लो समयमा कान्दाहार क्षेत्रमा आतङ्क मच्चाएको सूचनाको आधारमा यो कारबाही भएको समाचारमा जनाइएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ