- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काएरो । अमेरिकाले सुडानमाथि लगाउदै आएको नाकाबन्दी हटाएको जानकारी दिएको छ । उसले गएको विगत २० बर्षदेखि लगाउदै आएको आर्थिक नाकावन्दी गत हप्ता हटाएको थियो ।
विगतका बर्षहरुमा मानवअधिकार हनन्का कैयौँ घटनामा सुडान संलग्न रहेको आरोप अमेरिकाको थियो । सोही कारण अमेरिकाले सुडानमाथि नाकाबन्दी लगाएको थियो ।
पछिल्ला बर्षहरुमा सुडानले मानवअधिकार तथा अन्य नागरिक अधिकारका क्षेत्रमा सुधार गर्दै आएकोले सो नाकाबन्दी हटाइएको अमेरिकाले विज्ञप्तिमार्फत जानकारी दिएको हो ।
यसैबीच उक्त निर्णयको विश्वका विभिन्न देशले स्वागत गरेका छन् । सो निर्णयको इजिप्टले पनि स्वागत गरेको छ । इजिप्टको विदेशमन्त्रालयले विज्ञप्ति जारीगर्दै गत हप्ता गरेको उक्त निर्णयको प्रशंसा गरेको छ ।
विश्वका कतिपय मुलुकले सुडानले आतङ्कवादलाई सघाएको आरोप लगाउदै आएका थिए । यद्यपि यसमा पछिल्ला केही बर्षयता सुडानले आफूलाई लागेको आरोपलाई आलोचनामुक्त गर्ने दिशामा अग्रसर रहेको इजिप्टले सो विज्ञप्तिमा भनेको छ ।
सुडानले आफ्नो देशमाथि अमेरिकाद्वारा लगाउदै आएको नाकावन्दीको विरोध गर्दै आएको थियो । एपी