लाक्ष्मीपूजामा बालेको मैनबत्तीबाट फैलिएको आगोले छ लाख बराबरको क्षति
प्रकाशित २०७४ कार्तिक ३ शुक्रबार
506
Shares
चाौतारा । लाक्ष्मीपूजामा बालेको मैनबत्तीबाट फैलिएको आगोले सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिका ७ सानुसिरुवारीको मगुवामा एक घर ध्वस्त भएको छ ।
पसल रहेको घरमा हिजो बेलुका दीपाबली गरी अर्को घरमा खाना खान गएको समयमा पसलमा रहेका लत्ता कपडा, सामान तथा नगद दुई लाख ५० हजारसहित करिब ६ लाख बराबरको सामान जलेर नस्ट भएको पीडित संगम थापामगरले बताए ।
भूकम्पपछि दुई लाख ऋण गरेर बनाएको टहरासहित सम्पूर्ण सामान ध्वस्त हुनुका साथै ग्यास सिलिण्डरसमेत विष्फोट भएको थियो ।