arrow

अमेरिकी कोरियाली परमाणुसम्बन्धी उच्च अधिकारी भेट

logo
प्रकाशित २०७४ कार्तिक ३ शुक्रबार
USA.jpeg

सोल । संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाका परमाणुसम्बन्धी उच्च अधिकारीहरु दक्षिण कोरियाको सोलमा शुक्रबार भेटवार्ता गरेका छन् । 

यी दुई देशका सैनिकले गत सोमाबारदेखि राजधानी सोलमा जारी राखेको संयुक्त सैन्य अभ्यासकै क्रममा उनीहरुबीच भेटवार्ता भएको छ । 

यो भेटवार्तासँगै पछिल्लो समयमा उत्तर कोरियाको आणविक कार्यक्रमका विषयमा अमेरिका र दक्षिण कोरियाले छलफल एवम् अन्य आन्तरिक क्रियाकलापहरु बढाएको चर्चा पनि गरिएको छ । 

दक्षिण कोरियाको राजधानी सोलमा हाल जारी रहेको सैन्य अभ्यासको उत्तर कोरियाले व्यापक मात्रामा विरोध गरेको थियो । उक्त बिरोधकै बीच अमेरिकी र दक्षिण कोरियाली आणविक अधिकारीहरुको यस भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ । 

यी दुई देशले गएको सोमबारदेखि उत्तर र दक्षिण कोरियाको समुद्रको सीमामा पर्नेगरी संयुक्त सैन्य अभ्यास सुरु गरेका छन् । यसको उत्तरले पनि विशेष मात्रामा निगारी गरिरहेको बताइएको छ । 

अमेरिका र दक्षिण कोरियाको इतिहासमा सबैभन्दा ठूलो यस सैन्य अभ्यासले आफ्नो देशलाईे सैन्य शक्तिको घमण्ड देखाएको आरोप उत्तर कोरियाले लगाएको छ । 

उत्तर कोरियाको आणविक कार्यक्रमका साथै उसले पछिल्लो समयमा गरेको क्षेप्यास्त्र परीक्षणले कोरियाली प्रायद्वीपमा उत्पन्न गरेको तनावपछिको अवस्थाको बारेमा ती उच्च अधिकारीहरुबीच वार्ता भएको बताइएको छ । 

उत्तर कोरियाले दुई महिनामात्र अघि गरेको आणविक परीक्षणले विश्वमा नै तरङ्ग ल्याएको छ । सो परीक्षणमा शक्तिशाली हाइड्रोजन बम पनि परेकोले विश्वले नै यसको विरोध गरेका छन् । 

सो परीक्षणपछि अमेरिका र दक्षिण कोरियाको मनमा पनि चिसो पसेको छ । जसका कराण उक्त सैन्य अभ्यास उत्तर सुरु भएको पनि बताइएको छ । उता यस अभ्यासले आफ्नो देशलाई चुनौती दिन खोजेको अर्थमा उत्तर कोरियाले लिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ