arrow

इरानसँगको यूरोपेली व्यापारिक सम्झौता सुरक्षित छन् :  विदेशमन्त्री टिलरसन

logo
प्रकाशित २०७४ कार्तिक ४ शनिबार
resk-tillerson.jpg

वासिङ्टन। इरानसँगको यूरोपेली व्यापारिक सम्झौतामा संयुक्त राज्य अमेरिकाले अवरोध पुर्‍याउन नचाहेको विदेशमन्त्री रेक्स टिलरसनले बताएका छन्। अमेरिकी सञ्चारमाध्यम ‘द वाल स्ट्रिट जोर्नल’लाई दिएको अन्तवार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको आणविक सम्झौतालाई अनुमोदन नगरी यसको जिम्मेवारी अमेरिकी सिनेटलाई दिएको ठीक एक हप्तापछि टिलरसनको यो भनाई आएको छ।

टिलरसनले आफ्नो मुलुकको सहयोगी यूरोपेली समुदायको व्यापारिक चासोलाई सम्वोधन गर्ने बताए। उनले भने, “राष्ट्रपति ट्रम्प आफ्ना यूरोपेली सहयोगीद्वारा इरानसँग गर्न लागेको व्यापारिक सम्झौतामा हस्तक्षेप गर्नुहुन्न भन्ने बिषयमा प्रष्ट रहनुभएको छ। साथै यूरोपेलीहरू इरानसँगको सम्झौतालाई अगाडी बढाउन सक्नेछन्।” टिलरसनलेट्रम्पको भनाईलाई उद्धृत गर्दै स्पष्टसँग भनेका छन्, “यो राम्रो छ। तपाई (युरोपेली)हरूले आफ्नो इच्छा अनुसार सम्झौतालाई अघि बढाउन सक्नुहुन्छ।”

अमेरिकी कँग्रेसले इरानमाथि प्रतिवन्धहरू कडा र अमेरिकी चासोलाई यूरोपले सम्वोधन नगर्दा गतहप्तासम्म अमेरिकी राष्ट्रपति ट्रम्पले सन् २०१५ मा इरानसँग अमेरिकासहित विश्व शक्तिराष्ट्रले महत्वपूर्ण आणविक सम्झौतालाई ‘पूर्णतया रद्द’ गर्ने चेतावनी दिए। हामीले यसै बिषयमा विगत छ महिनादेखि काम गरिरहेका छौँ, टिलरसनले भने। उनीहरूलाई यही विचार अनुसार अगाडी बढ्न सहमत गराइएको छ। यसको मतलव यो होइन कि उनीहरू पूर्णरूपमा यसमा सहमत हुनुपर्छ भन्ने भन्ने होइन। अव हामीले थप औपचारिक प्रत्रियालाई शुरू गर्ने छौँ। त्यसैले नयाँ कदम चालिएको हो।

पश्चिमा कुटनीतिज्ञले भनेका छन्, “यूरोपेली शक्तिराष्ट्रले अमेरिकी चासोका केही बिषयलाई प्रस्ट पार्छन्। तिनीहरू अन्य मञ्च तथा वार्तामा छलफल गरिनुपर्छ। तर आणविक सम्झौतालाई त्याग्नु भने गलत हुनेछ।” सन् २०१६ को जनवरीदेखि इरानसँगको आणविक सम्झौता कार्यान्वयनमा आएसँगै यूरोपको व्यापारिक गतिविधिमा व्यापक सुधार देखिएको थियो।

इयूको इरानसँगको व्यापार सन् २०१६ मा करिब १६ अर्व पुगेको थियो। यद्यपि यूरोपेली ठूला वैङ्कल अमेरिकाद्वारा ठूलो जरिवाना लगाउने वा आफ्ना वैङ्किङ्ग कारोवारहरूलाई अमेरिकामा प्रतिवन्ध लाग्ने डरमा इरानमा लगानी भित्राउन मानिरहेका छैनन्।  रासस-एएफ्पी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ