क्याटलोनियामा निर्वाचन गर्न स्पेन सरकार र सोसलिस्ट पार्टी सहमत
प्रकाशित २०७४ कार्तिक ४ शनिबार
278
Shares
म्याड्रिड। स्पेन सरकार र स्पेनी समाजवादी पार्टी क्याटलोनिया क्षेत्रमा आउँदो जनवरीमा निर्वाचन गराउन सहमत भएका छन्। स्पेनका प्रधानमन्त्री मारिआनो रखोय र स्पेनी समाजवादी पार्टीका नेता पेड्रो सान्चेजबीच क्याटलोनिया क्षेत्रमा निर्वाचन आह्वान गर्ने सहमति भएको हो। शुक्रबार बिहान स्पेनीस टिभी नेटवर्कसँगको अन्तर्वार्ताका क्रममा स्पेनीस समाजवादी पार्टीका सचिव क्यारमेन कल्भोले सहमतिको पुष्टी गरेको सिन्ह्वाले जनाएको छ। झण्डै २४ घण्टा अगाडि नै मन्त्री परिषद्को बैठकले धारा १५५ अनुसार क्याटलानिया क्षेत्रमा अस्थायी नियन्त्रण लागू गर्ने निर्णय गरेको थियो।
क्याटलोनिया क्षेत्र गत अक्टोबर १० देखि स्वतन्त्र भएको हो वा होइन भन्ने बारेमा त्यस क्षेत्रका नेताहरूले स्पष्ट जवाफ नदिएकाले केन्द्रीय मन्त्रिपरिषद्ले यस्तो निर्णय गरेको हो। यसअघि प्रधानमन्त्री मारिआनो रखोयले क्याटलोनिय क्षेत्र स्वतन्त्र भएको हो की होइन भन्ने बारेमा स्पष्ट जवाफ दिन क्याटलोनिया क्षेत्रका नेताहरूलाई आग्रह गरेका थिए।
शुक्रबार नै क्याटलोनियाको स्वातन्त्रता पक्षधर समूहले ओम्नीयुम कल्चर र क्याटलन नेसनल एसेम्ब्लीमा आफ्ना समर्थकहरूलाई स्पेनका पाँच मुख्य बैंकहरूबाट आफ्नो सबै पैसा निकाल्न आह्वान गरेका छन्। रासस-सिन्ह्वा