arrow

पटका पड्काउदा भारतमा तीस जनाको आँखामा चोट

logo
प्रकाशित २०७४ कार्तिक ४ शनिबार
eye-injuries-dipawali.jpg

नयाँदिल्ली। भारतको तेलङगाना राज्यमा पटका पड्काउदा आँखामा चोट लागेका काम्तीमा तीस जना अस्पताल भर्ना भएका छन्। दीपावलीको अवसरमा बिहीबार बेलुका पटका पड्काउदा उनीहरूको आँखामा चोट लागेको राज्यका स्वास्थ्य मन्त्रीले शुक्रबार जानकारी दिए। उनीहरू सवैको अहिले सरकारी अस्पताल सरोजिनी आँखा अस्पतालमा उपचार भइरहेको उनले बताए। भारतमा दीपावलीको वेला पटका पड्काउने प्रचलन अत्यधिक रहेकाले अरु पनि धेरै जनाको आँखामा चोट लागेको हुन सक्ने अनुमान गरिएको छ।

“गएराती देखि सरोजिनी आँखा अस्पतालले मात्रै ३० जनाको उपचार गरेको छ,” राज्यका स्वास्थ्य मन्त्री सी लक्ष्मण रेड्डीले भने। आँखामा चोट लागेका मध्ये छ जनाको शल्यक्रिया नै गर्नु पर्ने अवस्था रहेको चिकित्सकले बताएका छन्।

उनीहरुलाई पर्याप्त हेरचाहसहितको राम्रो स्वास्थ्य सेवा दिइरहेको पनि मन्त्री रेड्डीले बताए। भारतमा अहिले मनाइरहिएको हिन्दुहरूको पर्व दीपावलीलाई दीप वा उज्यालोको पर्व पनि भनिन्छ। यो पर्वमा अत्यधिक पटकाहरु पड्काउने गरिन्छ।  रासस-सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ