जापानको सत्ताधारी दलले प्रतिनिधि सभाको निर्वाचनमा बहुमत ल्याउने : सर्भेक्षण
प्रकाशित २०७४ कार्तिक ५ आइतबार
965
Shares
टोकियो, जापान। जापानका प्रधानमन्त्री सिन्जो आवेद्वारा नेतृत्व गरेको समूह लिबरल डिमोक्रेटिक पार्टीले यहाँको संसदको तल्लो सदन प्रतिनिधि सभामा बहुमत ल्याउने प्रक्षेपण विभिन्न सर्भेक्षणले आइतबार निर्वाचन भइरहँदा गरेका स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
प्रधानमन्त्री आवेको दलले ४६५ सीट रहेको प्रतिनिधि सभामा २५३ मत ल्याउने सर्भेक्षणले देखाएको जापानको सार्वजनिक प्रशारक एन्एच्केको प्रतिवेदनमा जनाइएको छ।
जापानमा आइतबार शान्तपूर्ण अवस्थामा निर्वाचन भइरहेको छ। संसदको तल्लो सभाको ४६५ स्थानमध्ये उहाँको दललेमात्र २९० स्थान हासिल गरेको थियो। त्यस्तै उनको सत्ताधारी साझेदार अर्को एक दलको ३४ गर्दा संसदको ६८ प्रतिशतभन्दा केही बढी स्थानमा आवेद्वारा नेतृत्व गरेको गठबन्धनको पकड रहेको थियो। रासस-सिन्ह्वा