arrow

दुई तले घरमा आगलागी, ६७ लाखको क्षति

logo
प्रकाशित २०७४ कार्तिक ६ सोमबार
fire.jpeg

उर्लाबारी । मोरङको मिक्लाजुङ गाउँपालिका–५ बस्ने भूपेन्द्र कार्कीको घरमा आइतबार साँझ आगलागी हुँदा रु ६७ लाख बढीको क्षति भएको छ । 

साँझ ७ः०० बजेतिर कार्कीको दुईतले घरमा विद्युत् चुहिएर आगलागी भएको थियो ।

आगलागीबाट उनको घर, भान्सा घर, नगद रु दुई लाख, किराना पसल, होल्डर मिल, सुन, तथा घरभित्र भएको सम्पूर्ण सामान र अन्नपातसमेत जल्दा रु ६७ लाख बढीको क्षति भएको पीडितले बताएका छन् । 

आगोलाई मोरङको सुन्दरहरैचा र झापाको दमकबाट आएका दमकल तथा स्थानीयवासीको सहयोगमा दुई घण्टापछि नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ