arrow

चिनियाँ जनतालाई साइबर आक्रमणबारे ज्ञान छैन 

logo
प्रकाशित २०७४ कार्तिक ७ मंगलबार
cybercrime-100534917-primary.idge.jpg.jpeg

तियानजीङ । चीनका इन्टरनेट प्रयोगकर्ताहरू मध्ये झण्डै ९० प्रतिशत उपभोक्ता चीनको साइबर सुरक्षाका बारेमा सकारात्मक पाइएको छ । 

उनीहरु मध्ये झण्डै १९ प्रतिशतलाई हालैका साइबर आक्रमण बारे कुनै जानकारी नै नभएको पनि एक अध्ययनले देखाएको छ ।
 
चिनियाँ इन्टरनेट सेक्युरिटी प्लेटफर्मले चीनका नागरिकहरुको इन्टरनेट प्रयोग र साइबर सतर्कताका बारेमा सर्वेक्षण गरेको थियो । 

सर्वेक्षणमा सहभागी मध्ये झण्डै ५६ प्रतिशतले चीनको इन्टरनेट वातावरण धेरै राम्रो र सुरक्षित रहेको बताएका थिए । 

साथै ३२.८ प्रतिशतले इन्टरनेट सुरक्षाका बारेमा ‘सामान्यतया ठिकै’ भन्ने जवाफ दिएका छन् ।
 
सर्वेक्षणकर्ताहरुले जनाएअनुसार इन्टरनेट प्रयोगकर्ताहरु मध्ये झण्डै ४० प्रतिशतले ठुला साईबर आक्रमण हुन्छन् कि भनेर सधै सतर्क भइरहने बताएका छन् । 

झण्डै २६ उपभोक्ताले भने त्यस्ता साइबर आक्रमणले आफुहरुलाई कुनै असर नपर्ने सोचेका रहेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ