arrow

चुनावको मुखमा कांग्रेस नेतृ गिरिको घरमा आगलागी

२२ लाख ७० हजार बराबरको क्षति

logo
प्रकाशित २०७४ कार्तिक ७ मंगलबार
nima-giri-treasurer.jpg.jpeg

प्यूठान ।  कांग्रेस नेतृ निमा गिरीको घरमा आगलागी हुँदा २२ लाख ७० हजार बराबरको क्षति भएको छ । झिरुक गाउँपालिका ७ मच्छी पिडाल्लेमा विद्ययुत सर्ट भई गिरीको घरमा आगलागी भएको थियो ।आगलागीबाट नगद ६ लाख, दुई तोला सुन, खाद्यन्न, लत्तापकडा, भाँडाकुडा जलेर नष्ट भएको छ ।

 तीनतले ढुंगाले छाएको पूरानो घर आगलागीका कारण नष्ट भएको प्रहरीले जानकारी दिएको छ । आगलागीका कारण नेतृ नीमाका बुवा लोकु गिरी सामान्य घाइते भएका छन् भने आमालाई चोट लागेपछि जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ ।

गिरी कांग्रेस महाधिवेशन प्रतिनिधि तथा जिल्लाको सक्रिय महिला नेतृ हुन् । उनको नाम समानापातिकमा समेत सिफारिस भएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ