arrow

जुवातास खेलाउँदै गरेका १२ जना पक्राउ

logo
प्रकाशित २०७४ कार्तिक ८ बुधबार
police-arrest-juwade.jpg.jpeg

भक्तपुर । अवैध रुपमा जुवातास खेलाउँदै गरेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । 

सूर्यविनायक नगरपालिका  १० चित्तपोल खड्का गाउँस्थित विशाल खड्काले सञ्चालन गरेको किराना पसलभित्र अवैध रुपमा जुवातास खेलाउँदै गरेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा स्थानीय ३४ वर्षीय विशााल खड्का, ४० वर्षीय वासुदेव खड्का, ४९ वर्षीय रघुनाथ खड्का, ४० वर्षीय हरि खड्का र ३० वर्षीय ज्ञानेन्द्र खड्का रहेका छन् । 

त्यस्तै काभ्रे बनेपा नपा १ का ४८ वर्षीय किरण थापा, ३७ वर्षीय सुन्दर जिसी, ३२ वर्षीय राजन थापा, २७ वर्षीय गोकर्ण कार्की, ४८ वर्षीय सहदेव थापा, ४० वर्षीय राधाकृष्ण महत र ५० वर्षीय अंकुर थापालाई पनि प्रहरीले पक्राउ गरेको छ । 

महानगरीय प्रहरी वृत्त जगातीबाट गएको प्रहरी टोलीले जुवातास खालबाट  एक लाख बीस हजार चार सय नगद समेत बरामद गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले जानकारी दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ