arrow

चिनियाँ राष्ट्रपति सी सिपीसीको प्रमुखमा पुनः निर्वाचित

logo
प्रकाशित २०७४ कार्तिक ८ बुधबार
xi-jinping.jpg

बेइजिङ। चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव (प्रमुख) एवम् चिनियाँ राष्ट्रपति सी चिनफिङ चिनियाँ कम्युनिष्ट पार्टीको अर्को पाँचबर्षे कार्यकालका लागि पनि निर्वाचित भएका छन्। राजधानी बेइजिङ्मा जारी चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ महाधिवेशनले उहाँलाई सो पदमा पुन अर्को पाँच बर्षका लागि निर्वाचित गरेको हो।

सो महाधिवेशनमा सहभागी प्रतिनिधिहरुले बुधबार मतदान गरी सीलाई अर्को पाँच बर्षे कार्यकालका लागि पनि पार्टीको महासचिव चयन गरेको हो। चिनियाँ समाचार समिति, सिन्ह्वाले दिएको जानकारीअनुसार चीनको सबैभन्दा शक्तिशाली उक्त पदमा उहाँलाई बुधबार बिहान बन्द कोठाभित्र भएको मतदानले निर्वाचित गरेको थियो।

सो महाधिवेशनले नै हिजो आगामी कार्यकालका लागि कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य र केन्द्रीय सदस्यहरु पनि नियुक्त गरेको थियो। गएको करिब हप्तादिनदेखि बेइजिङ्मा जारी पार्टीको महाधिवेशनमा उन एकपछि अर्को गरी शक्तिशाली भएका उदाहरणहरु पनि प्रस्तुत भएका थिए।

उक्त महाधिवेशले राष्ट्रपति चिनफिङको नाम तथा उनको विषयमा संविधानमा नै लेख्ने निर्णय पनि गरेको थियो। जसका कारण उनी चिनियाँ नेता माओ पछिको सबैभन्दा बढी लोकप्रीय र शक्तिशाली बन्ने निश्चित भएको छ।

उनले चिनियाँ कम्युनिष्ट पार्टीमा र चीनमा अख्तियार गरेको नीति र कार्यक्रमलाई अब चीनको प्रमुख नीतिका रुपमा लिइने र त्यस विषयमा चिनियाँ विद्यालय र विश्वविद्यालयमा पनि अध्ययन अध्यापन गरिने बताइएको छ।

उनले बुधबार बिहानै आफू चिनियाँ कम्युनिष्ट पार्टीको महासचिवमा नियुक्त भएको जानकारी पत्रकार सम्मेलनमा गराएका थिए। उनले पत्रकार सम्मेलनमा नै आफूले आगामी पाँच बर्षमा गर्ने कार्यक्रमहरुको बारेमा पनि सो पत्रकार सम्मेलनमा सार्वजनिक गरेका थिए। उनले सो पत्रकार सम्मेलन गरिरहँदा उनको साथमा हिजोमात्र नियुक्त भएका चिनियाँ कम्युनिष्ट पार्टीका छ जना पोलिटब्युरो सदस्य पनि गरेका थिए।

उनहरुले पनि आगामी पाँच बर्षमा आफूहरुले पार्टी र सरकारका लागि गर्नुपर्ने कार्यहरुका बारेमा प्रतिबद्धता व्यक्त गरेका थिए। रासस-एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ