arrow

बोक्सीको आरोपमा खुकरी तताएर डाम्ने महिलालाई चलाइयो मुद्धा

logo
जितेन्द्र भण्डारी।
प्रकाशित २०७४ कार्तिक ९ बिहिबार
nepal-police-Fn.png.png

पाँचथर । बोक्सीको पिसात रहेछ भनी झारफुक गर्ने भन्दै निलडाम हुनेगरी तातो फलामको खुकुरीले डाम्दै कुटपिट गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरी मुद्धा चलाएको छ ।

तुम्बेवा गाउपालिका ३ बस्ने २६ बर्षिया दिपा भन्ने दिब्यानी माङ्लाकलाई प्रहरीले पक्राउ गरी जिल्ला अदालत पाँचथरमा म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक बामदेव गौतमले जानकारी दिए।

४५ बर्षिया एक महिलालाई माङलाकले शरिरमा बोक्सीको पिसात रहेछ भनि झारफुक  गर्ने भन्दै निलडाम हुनेगरी तातो फलामको खुकुरीले डाम्दै कुटपिट  गरेकी थिईन ।

प्रनाउ गौतमका अनुसार पिडित ती महिलाले आफु अन्यायमा परेको भन्दै प्रहरीमा उजुरी दिएपछी प्रहरीले पक्राउ गरी बुधबार  जिल्ला अदालत पाँचथरमा म्याद थप गरी अनुसन्धान  गरिरहेको वताइएको छ ।

पिडित महिलाको भने जिल्ला अस्पतालमा महिला तथा बालवालिका कार्यालयले संचालन गरेको महिला हिंसा विरुद्धको सुरक्षित अल्पकालिन सेवा केन्द्रको निगरानीमा जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको महिला तथा बालवालिका कार्यालय प्रमुख निर्मला मिश्रले जानकारी दिइन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ