arrow

इन्डोनेसियाको पटका कारखानामा आगलागी, ३०को मृत्यु ५० घाइते

logo
प्रकाशित २०७४ कार्तिक ९ बिहिबार
aaglagi-ko-news-aa.jpeg

जकार्ता । इन्डोनेसियाको राजधानी नजिकै रहेको ताङगेराङ शहरको एक पटका कारखानामा बिहीबार आगलागी हुँदा ३० जनाको मृत्यु भएको छ भने ४६ कामदार घाइते भएका स्थानीय प्रहरी अधिकारीले जनाएका छन् । 

शहरको सुरक्षा अधिकारी सादुनीका अनुसार घाइते सवैजनालाई स्थानीय विभिन्न तीन अस्पतालमा राखिएको छ । सदुनीले घटनास्थलबाट स्थानीय टेलिभिजनलाई जानकारी दिँदै भने, "आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ भने ४६ जना घाइते भएका छन् । " 

मृतकमध्ये प्राय उत्पादन कक्षमा काम गर्ने मजदूर रहेका छन् । उक्त पटका कारखाना पीटी पान्सा वौना कम्पनीद्वारा सञ्चालित रहेको थाहा हुन आएको अग्नी नियन्त्रकले जनाएका छन् । ताङगेराङ शहरका बरिष्ठ प्रहरी आयुक्त हरी कुर्नियावानले प्रारम्भीक अनुसन्धानबाट घटना विद्युत चुहावटका कारण भएका हुनसक्ने बताए ।   सिन्ह्वा 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ