arrow

चीन-भारत मनमुटावका बिच मोदीले दिए जिङपिङलाई बधाई

logo
प्रकाशित २०७४ कार्तिक ९ बिहिबार
modi-jinping.jpg

बेइजिङ । भारतीय प्रधानमन्त्रीश नरेन्द्र मोदीले चीनका राष्ट्रपति सि जिनपिङ दोस्रो कार्यकालका लागि चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा पुनः निर्वाचित भएकोमा वधाई ज्ञापन गर्दै आगामी दिनमा भारत र चीनबीचको सम्बन्धमा थप उचाइमा पुग्ने विश्वास गरेका छन् । 

"चिनियाँ कम्युनिष्ट पार्टीको महासचिवमा पुनः निर्वाचित भएकोमा राष्ट्रपति सिलाई बधाई छ , " प्रधानमन्त्री मोदीले ट्वीटरजस्तै चिनियाँ माइक्रोब्लगको अंग्रेजी तथा मन्दारिन दुवै भाषामा सम्प्रेषण भएको सन्देशमा लेखिएको छ । 

सिलाई दोस्रो कार्यकालका लागि औपचारिक रूपमा शक्ति प्रदान गर्दै र चिनियाँ कम्युनिष्ट पार्टीका संस्थापक अध्यक्ष माओत्सेतुङ र उनका उत्तराधिकारी देङ जिआओ पिङको हैसियत दिँदै उनको सिद्धान्त र उनको नामलाई चिनियाँ संविधानमा उल्लेख गरिएको छ । 

भारतीय प्रधानमन्त्रीको सन्देश सिक्किम क्षेत्रको दोकलाम क्षेत्रमा ७३ दिन लामो तिक्ततापूर्ण सैनिक मनमुटावपछि त्यसपछि उक्त घटनालाई विर्साउन गरिएका कुटनैतिक पहल भइरहेका समयमा आएको छ । 

चीन र भारतको सैन्य फौजबीच गत जुनमा चिनियाँ पक्षले उक्त क्षेत्रमा बाटो निर्माण गर्न थालेको र भारतीय पक्षले यसलाई अघि बढ्न नदिएपछि शुरु भएको थियो । 

विवादलाई दुवै देशको कुटनैतिक पहलमा शान्त पारिएको थियो । दुई नेताबीच ब्रिक्स सम्मेलनको सन्दर्भमा चीनको जियामेन शहरमा भेटवार्ता गरी सम्बन्धलाई सुमधुर बनाउँदै लाने सहमति भएको थियो । पीटीआई
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ