arrow

क्याटलोनीयाको स्वतन्त्रताका लागि बार्सिलोनामा विद्यार्थीको प्रदर्शन

logo
प्रकाशित २०७४ कार्तिक ९ बिहिबार
Spain_Catalonia.JPG

बार्सिलोना । स्पेनको क्यटलोनीयालाई स्वतन्त्र हुन दिनुपर्ने माग गर्दै बिहीबार बार्सिलोनामा प्रदर्शन भएको छ । प्रदर्शनका लागि निकालिएको विरोध र्यालीमा हजारौ विद्यार्थीहरु सहभागी भएको विभिन्न सञ्चारमाध्यमहरुले बिहीबार जनाएका छन् ।

उनीहरुले क्षेत्रीय सरकारको अधिकार कटौती गर्ने वा नियन्त्रण गर्ने केन्द्रीय सरकारका विरुद्धमा पनि नाराबाजी गरेका थिए । प्रदर्शनकारीहरुले रातो, पहेलो झण्डाहरु घाँटीमा बाँधेका थिए । “क्याटलोनीया जोगाउनका लागि हामी अहिले यहाँ छौँ”– १८ वर्षीय पोल मोराताल्लाले एएफपीसँग भने।

स्पेनको संविधानको धारा १५५ अनुसार क्याटलोनिया क्षेत्रमा अस्थायी नियन्त्रण लागू गर्ने केन्द्रीय सरकारको निर्णयका बारेमा संसदमा मतदान हुने अघिल्लो दिन उनीहरुले प्रदर्शन गरेका हुन् ।

गत शनिबार मन्त्रिपरिषद्बाट भएको निर्णयलाई आउँदो शुक्रबार संसद्ले पारित गर्ने अपेक्षा गरिएको छ । संसदमा उहाँकै पिपल्स पार्टीको पर्याप्त बहुमत रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ