arrow

चिचिलिङ पोखरीमा सडक निर्माण

logo
प्रकाशित २०७४ कार्तिक १० शुक्रबार
Phedap_Gaunpalika.png

तेह्रथुम । फेदाप गाउँपालिकाको केन्द्र पोक्लाबाङ बजारदेखि पर्यटकीय तथा धार्मिक तीर्थस्थल चिचिलिङ पोखरीसम्म पुग्ने सडक निर्माण भएको छ । 

सदरमुकाम म्याङलुङबाट करिब एक दिनको पैदलदुरीमा अग्लो डाँडाबीच रहेको उक्त पोखरी दृश्यावलोकन गर्ने र वनभोज खाने स्थलको रुपमा पूर्वमै सुपरिचित छ । 

पोखरी परिसरसम्म पुग्न गाउँपालिकाको केन्द्र पोक्लाबाङदेखि भ्यागुत्ते ढुंगासम्मको ४.२ किमि सडक निर्माण भएको हो । पोखरीसम्म यातायात सञ्चालन गर्न सहज होस् भन्ने उद्देश्यले सात मिटर चौडाइको सो सडक निर्माण गरिएको सडक निर्माण तथा उपभोक्ता समितिका अध्यक्ष नगेन्द्रबहादुर थापाले बताए । 

सडक निर्माणका लागि फेदाप गाउँपालिकाले चालु आवमा  ३० लाख विनियोजन गरेको थियो । करिब दुई हजार १०० मिटरको उचाइमा रहेको पोखरीमा बाहै्रमहिना पानी रहन्छ । यहाँ घुम्न आउने पर्यटकलाई सहजताका लागि सडक निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष हरिप्रसाद चोङवाङले बताए । 

"अव छिट्टै भैँसेपोखरीसम्म सडक निर्माण गरिन्छ," उनले भने । यहाँ हरेक चाडपर्व र नयाँ वर्षको दिन विशेष घुइँचो लाग्छ । चिचिलिङ नजिकै रहेको डाँडाबाट पूर्वका विभिन्न जिल्लाको अवलोकन गर्न सकिन्छ । पोखरीको संरक्षण नहुँदा वर्षेनी पानीको सतह घट्दै गइरहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ