एमाले र माओवादी केन्द्रले कमाइ खान वाम गठबन्धन बनाए : अशोककुमार राई
प्रकाशित २०७४ कार्तिक १० शुक्रबार
639
Shares
इलाम । संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोककुमार राईले नेकपा (एमाले)र नेकपा(माओवादी केन्द्रले कमाइ गरी खान वाम गठबन्धन बनाएको बताएका छन् ।
सदरमुकाममा शुक्रबार आयोजित पार्टी प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै वरिष्ठ नेता राईले वाम गठबन्धन दक्षिणपन्थीको गठबन्धन भएको आरोप लगाए । नेता राईले नेपाली काँग्रेसले बनाएको लोकतान्त्रिक गठबन्धनको समेत औचित्य नरहेको जिकिर गर्दै वाम गठबन्धनबाट त्रसित नहुन काँग्रेससँग आग्रह गरे।
फोरम इलाम नगर समितिको आयोजनामा भएको ‘नेपालको वैचारिक अवधारणा’ विषयको पार्टी प्रशिक्षण कार्यक्रममा नेता राई, उपाध्यक्ष युवाराज कार्की, केन्द्रीय सदस्य तथा महिला विभाग प्रमुख सुशीला श्रेष्ठ र केन्द्रीय सदस्य मित्रलाल चापागाईंले प्रशिक्षण दिनुभएको थियो ।