arrow

बाजुरा काँग्रेसमय बनाउन लागे स्थानीय

logo
प्रकाशित २०७४ कार्तिक ११ शनिबार
congress-election-campaign.jpg

बाजुरा । आसन्न प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनका लागि नेपाली काँग्रेसले चुनावी प्रचार प्रसार अभियानलाई तिव्र बनाएको छ। नेपाली काँग्रेसले बडीमालिका नगरपालिकाबाट सुरु गरेको घरदैलो अभियानमा निर्वाचन क्षेत्र १ र २ मा अभियान संचालन गरिएको नेपाली काँग्रेस निर्वाचन प्रचार प्रसार समितिले जनाएको छ।

प्रतिनिधी सभाका उम्मेदवार तथा पाटी सभापति कविराज पण्डित, निर्वाचन क्षेत्र १का उम्मेदवार तथा पूर्व भुमिसुधार सहायक मन्त्री जनकराज गिरी सहितको टोली उत्तरी भेगको बुढीनन्दा नगरपालिकाको पाण्डुसैनबाट घरदैलो अभियानको सुरुवात गर्दै सोही नगरपालिकाको कोटीलामा घरदैलो अभियान गरिएको प्रचार प्रसार समिति संयोजक रनसिं अयडीले बताएका छन्। 

मंसिर १०मा हुने निर्वाचनका लागि नेपाली काँग्रेस महासमिति सदस्य तथा निर्वाचन क्षेत्र २का उम्मेदवार पदम बहादुर शाहीको नेतृत्वको टोली गौमुल गाउपालिकामा प्रचारप्रसारमा खटिएको उनले बताए । शाहीले बडीमालिका नगरपालिका ३ रजालीबाट सुरु गरेको अभियान अन्तररगत गौमुल गाउपालिकामा गरिएको युवा परिचालन समितिका सदस्य नरेन्द्र थापाले बताएका छन् । 

बुढीनन्दा नगरपालिका ९ मा गरिएको घरदैलौ कार्यक्रममा मतदाताहरुले विकास निर्माणका काममा प्रतिवद्ध हुन आग्रह गरेका छन्। हामी नेपाली काँग्रेसलाई जिताउन एक भएर लाग्ने छौ, स्थानीय मतदाताहरुले एक स्वरमा भने। 

देशको नेतृत्व नेपाली काँग्रेसले मात्र गर्न सक्ने भएकाले बाम गठबन्धन देखि नडराउन कोटीलाका स्थानीयहरुले उम्मेदवारद्धयलाई सुझाव दिएको नेपाल प्रेस युनियनका सदस्य प्रशान्तराज जोशीले जानकारी दिए। 

जोशीले दिएको जानकारी अनुसार चुनावी प्रचार प्रसारको निकै उत्साहका साथ हुदै आएको छ। चुनावमा बाम गठबन्धन विरुद्ध नेपाली काँग्रेस एक्लै भिड्ने भएको छ।

बाजुराका ९ स्थानीय तहमध्ये ६ स्थानीय तह सहित जिल्ला समन्वय समितिको नेतृत्व गर्दै आएको काँग्रेस प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनमा अझै बलियो हुने भएको छ।

चुनावी अभियानमा बाजुराका जनताहरुले काँग्रेसका तीन जना लोकप्रिय र जनताप्रेमी नेता भएकाले उनीहरु बाहेकलाई जिताउनुको कुनै विकल्प नभएको मतदाताहरुको प्रतिक्रिया रहेको बताइएको छ।

जिल्ला र देशमा नेपाली काँग्रेसले २००७ सालको प्रजातन्त्र, २०४६/०४७ सालको बहुदलिय राणाशासन र २०६२/०६३ को जनआन्दोलनको नेतृत्व काँग्रेसकै भएकाले अवको देशको जिम्मेवारी नेपाली काँग्रेसको रहेको मतदाताको भनाई रहेको छ।

प्रतिनिधी सभा र प्रदेश सभामा नेपाली काँग्रस अत्याधिक मतले जित्नेमा विश्वास मतदाताले लिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ