arrow

बस दुर्घटनाको शोकमा आइतबार सप्तरीका सबै स्थानीय तह बन्द हुने

logo
प्रकाशित २०७४ कार्तिक १२ आइतबार

राजविराज । राजविराजबाट काठमाडौँ जाँदै गरेको बस शनिबार बिहान त्रिशुली नदी खसेर दुर्घटनामा परी सप्तरीका झण्डै डेढ दर्जन व्यक्तिको मृत्यु भएपछि जिल्लाका सबै स्थानीय तहले आइतबार शोक मनाउने भएका छन् । 

सबै स्थानीय तहमा आइतबार एक दिनको बिदा दिने र शोक मनाउने निर्णय भएको राजविराज नगरपालिकाका प्रमुख शम्भु यादवले जानकारी दिए । 

सप्तरी जिल्लामा नौ नगरपालिका र नौ गाउँपालिका गरी १८ वटा स्थानीय तह छन् । 

जिल्लाको सबै स्थानीय तहका प्रमुखहरुसँग शनिबार साँझ यसबारेमा छलफल भइसकेको राजविराज नगरपालिकाका प्रमुख यादवले बताए । 

यसैबीच संघीय समाजवादी फोरम नेपाल र नेकपा एमाले सप्तरीले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । 

फोरम नेपालका जिल्ला अध्यक्ष दिनेशकुमार यादवले एक प्रेस विज्ञप्ति जारी गर्दै घाइतेहरुको शीघ्र स्वाथ्य लाभको कामना गरेका छन् । 

दुर्घटनामा परी मृत्यु भएकाको परिवारलाई क्षतिपूर्ति र घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाउन माग गरिएको छ । 

यस्तै एमालेले पनि सप्तरीले पनि मृतकप्रति श्रद्वाञ्जलि व्यक्त गर्दै मृत्यु हुनेको परिवारलाई अविलम्ब क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ