arrow

१० वर्ष पछि इटलीका प्रधानमन्त्रीले भारत भ्रमण गर्दै

logo
प्रकाशित २०७४ कार्तिक १२ आइतबार
india-map-and-flag-1310791.png.png

नयाँदिल्ली । इटलीका प्रधानमन्त्री पाओलो गेन्टीलोनी सोमबार भारत भ्रमणमा आउन लागेका छन्  । 

औपचारिक भ्रमणको रुपमा उनी भारत आउन लागेको भारतको विदेश मामिला मन्त्रालयले जनाएको छ । 

झण्डै दशकभन्दा बढी समयपछि इटलीका प्रधानमन्त्रीको यो पहिलो भारत भ्रमण हुन लागेको अधिकारीले बताएका थिए । 

यसअघि गत सन् २००७ को फेब्रुअरीमा इटलीका प्रधानमन्त्रीले भारतको भ्रमण गरेका थिए। 

अहिलेका प्रधानमन्त्रीको भ्रमण टोलीमा उनकी श्रीमती र अरु १५ जना प्रतिनिधिमण्डलका सदस्य हुनुहुने छ । 

प्रधानमन्त्री गेन्टीलोनीले सोमबार नै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र सरकारका उच्च अधिकारीसँग भेटबार्ता गर्ने छन् । 

भारतीय प्रधानमन्त्री मोदीको नियमन्त्रणमा इटलीका प्रधानमन्त्रीको भ्रमण हुन लागेको विदेश मन्त्रालयका अधिकारीहरुले बताएका छन् । 

उनीहरुले दुई देशको राजनीतिक र आर्थिक सम्वन्ध थप बलियो बनाउने भ्रमणको मुख्य उद्देश्य रहेको पनि जानकारी दिएका छन् । 

सन् २०१६ र २०१७ को कारोबार हेर्दा युरोपेली संघमा आवद्ध देशमध्ये इटली भारतको पाँचौं ठुलो व्यापारिक साझेदार मुलुक हो । 

त्यसैगरी भारतमा लगानी गर्ने देशमध्ये इटली तेह्रौं ठुलो लगानीकर्ता हो । भारतमा उनीहरुको लगानीमा झण्डै ६०० ओटा व्यापारिक तथा औद्योगीक प्रतिष्ठान रहेका छन् । 

विषेशगरेर फेसन, पोशाक, मोटरकार र आपतकालिन सेवालगायतका क्षेत्रमा इटलीको लगानी भएको देखिन्छ ।  सिन्ह्वा
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ