भाइको हत्या गर्ने दिदीले गरिन प्रहरी हिरासतमै आत्महत्या
प्रकाशित २०७४ कार्तिक १२ आइतबार
236
Shares
सिराहा। भाइको हत्या आरोपमा पक्राउ परेकी एक युवतीले आइतवार साँझ इलाका प्रहरी कार्यालय, विष्णुपुर, सिराहाको प्रहरी हिरासतभित्रै आत्महत्या गरेकी छन् ।
सिरहाको कर्जन्हा नगरपालिका–२ बन्दीपुरकी १६ वर्षीया प्रियंका यादवले प्रहरी हिरासतभित्रै रहेको शौचालयमा सलको पासो लगाएर आत्महत्या गरेको अवस्थामा भेटिएको जिप्रका सिरहाका प्रमुख प्रहरी उपरीक्षक शेखर कोइरालाले जानकारी दिए ।
नुहाउन जान्छु भन्दै शौचालय छिरेकी प्रियंका ननिस्किएपछि महिला प्रहरीले ढोका खोलेर हेर्दा झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
शव झुण्डिएको अवस्थामा साँझ नै माइती पक्षलाई बोलाई घटनास्थल प्रकृति मुचुल्का उठाएर परीक्षणका लागि सिरहा जिल्ला अस्पताल लैजाने तयारी भइरहेको प्रहरी उपरीक्षक कोइरालाले बताए ।
सिरहाको कर्जन्हा नगरपालिका–२ बन्दीपुरस्थित नर्सरीमा गैरपुरुषसँग शारिरिक सम्बन्धको प्रत्यक्षदर्शी रहेका आफ्नै ठूलो बुबाको छोरा भाइ १४ वर्षीय भवेश यादवलाई हत्या गरेको आरोपमा पक्राउ परेकी प्रियंका र उनका केटा साथी सञ्जयकुमार साहलाई इप्रका, मिर्चैयामा आइतवार बिहान मात्रै पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको थियो। मिर्चैयामा महिला थुनुवा राख्ने ठाउँ नभएकाले प्रियंकालाई भने विष्णुपुर लगिएको थियो ।