मोगादिसु आक्रमणमा २७ को मृत्यु, प्रहरी प्रमुख बर्खास्त
प्रकाशित २०७४ कार्तिक १३ सोमबार
193
Shares
मोगादिसु । मोगादिसुको एक होटेलमा शनिबार भएको आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या २७ पुगेको छ ।
सरकारले घटना कमजोर सुरक्षा व्यवस्थाका कारण घटेको आरोप लगाउँदै सोमालियाका प्रहरी प्रमुख तथा गुप्तचर सुरक्षा प्रमुखलाई बर्खास्त गरेको छ ।
मृतक सङ्ख्याबारे मन्त्रीपरिषद्लाई जानकारी गराउँदै यहाँका गृहमन्त्री मोहम्मद अवुकार इस्लोले प्रहरी प्रमुख अव्दिहाकिम दाहिर सैयद तथा गुप्तचर विभागका सुरक्षा प्रमुख अव्दिल्लाही मोहम्मद सानबालुसेको बखास्तीका लागि प्रस्ताव राखेका थिए ।