arrow

बार्सिलोनामा स्पेन एकताको पक्षमा तीन लाखको प्रदर्शन

logo
प्रकाशित २०७४ कार्तिक १३ सोमबार
barcelona-aggitation.jpg

बार्सिलोना । क्याटलोनिया स्वतन्त्र भएकोमा यहाँको एक समूहले बार्सिलोना लगायतका क्याटलोनियाली शहरहरूमा खुशी मनाइरहेका समयमा आइतबार बार्सिलोनामा स्पेनसँगको एकताको पक्षमा तीन लाख क्याटोलोनियालीले प्रदर्शन गरेका छन् । 

बार्सिलोनामा झण्डै तीन लाख प्रदर्शनकारीले सामुहिक प्रदर्शन गरेको स्थानीय प्रहरीलाई उधृत गर्दै बीबीसीले उल्लेख गरेको छ । उक्त क्रममा प्रहरीले व्यापक लाठीचार्ज गरेको छ । 

‘भिभा स्पाना’ भन्ने नारा लगाउँदै आफूहरू स्पेनसँग छुट्टिन नचाहेको र केही विखण्डनकारी नेताले आफ्ना पिता पूर्खाले स्थापना गरेको स्पेनी भूभागलाई टुक्राउन लागेको उनीहरुले प्रतिक्रिया दिएका छन् । 

“मेरो शहरमा स्पेनी झण्डासहितको घर छोड्न म कदापि तयार छैन,” क्याटलोनियाको स्वतन्त्रता घोषणापछि क्रोधित बनेकी गिरोनीकी १९–बर्षीया विद्यार्थी मारिना फर्नान्डिजले भनिन् । 

“ म मेरा पूर्खाले स्थापना गरेको मुलुकमा उनीहरू (बिखण्डनकारी) समूहले गरेका क्रियाकलापबाट साह्रै वेखुशी बनेकी छु,” उनले भनिन् । 

एकताका पक्षधर क्याटलोनियालीले गाउदी शहरमा जम्मा भएका प्रदर्शनकारीले क्याटलोनियालाई स्वतन्त्र बनाउने अभियानको नेतृत्व गरेका काल्र्स पुज्डमोनलाई कैँद हाली स्पेनी जनताको एकताको समर्थनप्रति सम्मान गर्नुपर्ने बताए । 

क्याटलोनियाको स्वतन्त्रताका लागि निर्णय लिने सन्दर्भमा शुक्रबार भएकोे गोप्य मतदानलाई एकताका पक्षधरहरूले बहिष्कार गरेका थिए । 

संसद्मा स्वतन्त्रताको पक्षमा ७० मत परेको थियो भने विपक्षमा १० मत परेको थियो । दुई सांसद्ले मतदानमा मतपत्रलाई खाली खसालेका थिए । 

मतदान पछि क्याटलोनियाको स्वतन्त्रताको नेतृत्व गरेका नेताहरूले क्याटलोनिया स्पेनबाट स्वतन्त्र भएको बताएका छन् । 

तर केन्द्र सरकारले क्षेत्रीय सरकारलाई बर्खास्त गरी प्रत्यक्ष शासन शुरु गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ