arrow

ट्रम्पको स्पष्टिकरण –रुससँग ‘साठगाँठ’ छैन 

logo
प्रकाशित २०७४ कार्तिक १४ मंगलबार
donald-trump.jpeg

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुससंगको साँठगाँठलाई फेरि पनि अस्वीकार गरेका छन् । 

ट्रम्पका सहयात्रीहरु पनि यसलाई अस्वीकार गर्दै आएका छन् । 

ट्रम्पको चुनावी अभियानका पूर्व व्यवस्थापक पल म्यानाफोर्टले अभियानमा संलग्न हुनुभन्दा केही वर्षअघि युक्रेनसँग आफूले गरेको व्यावसायिक लेनदेनलाई ढाकछोप गरेको भन्ने आरोप अस्वीकार गरेका हुन् । 

त्यसपछि ट्रम्पले आफ्नो चुनावी अभियान र रुसबीच कुनै साठगाँठ नरहेको भन्दै सोसियल मिडियामा ट्वीट गरेका छन्।

म्यानाफोर्टका सहयोगी रिक गेट्सले पनि कालो धनलाई सेतो बनाएको भन्ने आरोप अस्वीकार गरेका छन्।

ह्वाइट हाउसकी एकजना प्रवक्ताले दुई जनाविरुद्ध लगाइएका आरोप र ट्रम्पको चुनावी अभियानबीच कुनै सम्बन्ध नरहेको बताएकी छिन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ