arrow

अमेरिकामा आईएसको आक्रमण, ट्रकले किचेर ८ को हत्या, १५ घाइते

logo
प्रकाशित २०७४ कार्तिक १५ बुधबार
us-isis-attack.jpg

काठमाडौं। अमेरिकाको न्यूयोर्कमा आतंकवादी समुह आईएसको आक्रमणमा परी ८ जनाको ज्यान गएको छ। आक्रमणमा १५ जना घाइते भएका छन्। न्यूयोर्कको हस्टन स्ट्रिटमा आईएससंग आवद्ध २९ वर्षीय ट्रक चालक सेफुल्लो साइपोभले साइकल लेनमा जथाभावी ट्रक गुडाएर ८ जनालाई मारेका हुन्। ट्रकले किचेर घाइते भएका धेरैजसो गम्भीर भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्।

साइकलको लेनमा जथाभावी ट्रक चलाउँदा साईकल यात्रीसंगै पैदलयात्री समेत मारिएका हुन्। ट्रकले एउटा स्कूल बसलाई पनि ठक्कर दिएको थियो। घटना लगत्तै प्रहरीले चालकलाई गोली हानी नियन्त्रणमा लिएको छ। ती चालक सन् २०१० मा अमेरिका प्रवेश गरेका आप्रवासी भएको जनाइएको छ।

उक्त चालकका बारेमा एक जना प्रत्यक्षदर्शीले आफूले उसलाई चिनेको र बच्चाहरुसंग निकै राम्रो तरिकाले प्रस्तुत हुने मायालु व्यक्ति भएको प्रतिक्रिया दिएका छन्। ती व्यक्ति जोसंग पनि नजिकिन सक्ने खालका भएकोसमेत उनले बताए। चालकको ट्रकमा आईएसको झण्डासंगै नोटबुक पनि फेला परेको प्रहरीले जनाएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ