arrow

केन्द्र सरकारको बर्खास्तपछि क्याटलोनियाली नेता पुज्डमोन बेल्जियममा

logo
प्रकाशित २०७४ कार्तिक १५ बुधबार
belgium.jpg.jpeg

ब्रसेल्स । स्पेनको केन्द्र सरकारले बर्खास्त गरेको क्याटलोनियाका क्षेत्रीय नेता कारलस पुज्डमोन बेल्जियम पुगेका उनका वकीलले जानकारी गराएका छन् ।

 तर उनले पुज्डमोन बेल्जियमको राजधानी ब्रसेल्समा भने नरहेको बताए । यसैबीच आप्रवासनसम्बन्धी बेल्जियमका मन्त्रीले पुज्डमोनसहित कुनैपनि क्याटलान नेताले बेल्जियममा शरण लिनसक्ने बताएका छन् । तर उनीहरू सबैलाई एक यूरोपेली नागरिकको नाताले दिइने सामान्य सेवा सुविधामात्र दिइने ब्रसेल्सले बताएको छ । 

यद्यपि पुज्डमोनले तत्काल राजनीतिक शरण लिनेबारे केही योजना नभएको उनका वकिलले बताएका छन् । पुज्डमोनले आप्रवासन मामिलाबारे जानकार एकजना वकिल पनि नियुक्त गरेका छन् । 

पुज्डमोनका वकिलले भने, "आवश्यक परेको खण्डमा मैले उनको वकिलका रुपमा काम गर्नेछु, अहिले उनका लागि मैले कुनै कागजात तयार पारिरहेको छैन ।"  एएफ्पी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ