arrow

प्रजातन्त्र रक्षाको लागि काँग्रेस बलियो हुनुपर्छ : गच्छदार 

logo
कुमोद अधिकारी,
प्रकाशित २०७४ कार्तिक १५ बुधबार
Bijay-Gachhadar-news-a.jpeg

विराटनगर । उपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले लोकतान्त्रिक शक्तिबीचको एकता कसैको विरुद्धमा नभई लोकतन्त्रको रक्षाका लागि भएको बताएका छन्। विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुरागर्दै उपप्रधानमन्त्री गच्छदारले कम्युनिष्टहरुबीच चुनावी एकताको समानागर्न  काँग्रेसको नेतृत्वमा लोकतान्त्रिक शक्ति एक भएको प्रष्ट पारे । 

उनले प्रजातन्त्रको रक्षाका लागि नेपाली काँग्रेस बलियो हुनुपर्ने बताए । उनले बामपन्थी गठबन्धनले साम्यवादी विचारधारामार्फत् संसदीय पद्धतिलाई बदलेर कार्यकारी राष्ट्रपति बनाउन लागेको हुनाले लोकतन्त्रलाई अप्ठेरोमा पर्न नदिन काँग्रेसको नेतृत्वमा सवैदल एकवद्ध हुनुुपर्नेमा जोड दिए ।

प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि सवैदल निर्वाचन उन्मुख भइसकेकाले अव स्वच्छ र मर्यादित भएर चुनावी प्रतिस्पर्धामा दलहरु लाग्नुपर्ने उनले बताए । उनले पार्टीमा उम्मेदवार बन्नका आकांक्षी धेरै भएको भएपनि जसले टिकट पाएपनि नेपाली काँग्रेसलाई विजय गराउन कार्यकर्ताहरुलाई  आग्रह गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ