arrow

चुनावले गर्दा न्वागी मेला कात्तिक अन्तिम सातादेखि मात्र सुरु हुने

logo
कौरव खत्री
प्रकाशित २०७४ कार्तिक १६ बिहिबार
kapada.jpg

गुल्मी । गुल्मी र बाग्लुङ्ग अन्र्तगत पौदीबासीहरुको न्वागी पर्वसँगै लाग्ने न्वागी मेला  नजिक आएको चुनावले गर्दा कात्तिकको अन्तिम सातादेखि शुरु भइ मंसिरको पहिलो सातामा सम्पन्न हुने भएको छ  ।

सधै मंसिरमा हुने न्वागी पर्वसँगै लाग्ने मेला अहिले  भने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावले गर्दा कात्तिकको अन्तिम साता अर्थात २८ देखि मंसिर २ गते सम्म सञ्चालन  हुुने भएको छ  ।

न्वागी मेला नजिकीदै गर्दा विभिन्न व्यापार र व्यवसाय गर्ने व्यापारीहरुको चहलपहल  बढेको छ ।

गुल्मी र बाग्लुङ्ग  ग्वालिचौर संगम स्थल खारबजारमा पौदीवासीहरुले  प्रत्येक बर्ष न्वागी पर्वसँगै मेला लाग्ने गरि अहिले पनि ५ दिनसम्म सञ्चालन हुने भएको आयोजकले जनाएको छ ।

पश्चिमाञ्चल क्षेत्रकै प्रसिद्ध मेलाको रुपमा परिचित न्वागी मेलालाई एउटा व्यापारिक केन्द्रको रुपमा पनि लिने गरिन्छ ।

मेलालाई मधयनजर गदै टाढा–टाढाबाट आ–आफ्ना व्यापार व्यवसायहरु लिएर मेलामा व्यापारीहरु आउने गर्दछन् ।

मेलामा न्यानो कपडा, फेन्सी पसल,सुन्तला,फलफूल पसल देखि लिएर होटल व्यवसाय र झुला पिङ्ग लगायत  स्थानीय रुपमा उत्पादित कृषि उपज लगायतको समेत मेलामा राम्रो व्यापार हुने गर्दछ ।

अहिलेको  न्वागी मेलामा १ करोड भन्दा बढिको कारोबार हुने अनुमान गरिएकोे पौदी न्वागी मेला संरक्षण समितिका कोषाध्यक्ष खरेलले जानकारी दिए ।

अहिलेको मेलाको आर्कषणको रुपमा खुल्ला भलिबल,भैलो, सास्कृतिक प्रस्तुती,कृषि प्रर्दशनी लगायतका कार्यक्रमहरु रहेको मेला समितिका कोषाध्यक्ष खरेलले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ