arrow

आङ साङ सुकी पहिलो भ्रमणमा

logo
प्रकाशित २०७४ कार्तिक १६ बिहिबार
aung-san-suu-kyi.jpg.jpeg

काठमाडौं । म्यानमारकी नेतृ आङ साङ सुकी पहिलो पटक भ्रमणमा लागेकी छिन् । नोबेल शान्ति पुरस्कार विजेता सुकी सरकारमा गएपछि म्यानमारमा रहेका रोहिन्या मुस्लिमलाई दमन भएको भन्दै संयुक्त राष्ट्रसंघले समेत चर्को विरोध गरिरहँदा सुकीको भ्रमण भएको हो ।
 
सुकी देशमा हिंसा भड्किएपछि पहिलो पटक भ्रमणमा लागेकी हुन् । उनी ‘राखिने’ पुगेको सरकारी अधिकारीलाई उधृत गर्दै बिबिसीले बताएको छ ।

औपचारिक घोषणा विनै सुकीले एक दिने भ्रमण तय गरेकी हुन् ।

उनी क्षेत्रीयराजधानी ‘सित्वे’ र अन्य शहरहरुको भ्रमण गर्ने बुझिएको छ ।

रोहिन्या मुस्लिमलाई दमन गरेको आरोप सुकीलाई लाग्दै आएको छ ।

सुकीले यसको खण्डन गर्दै आएकी छिन् ।

म्यानमार सरकारको मारमा परेर चार लाख भन्दा बढी रोहिन्या मुस्लिमहरु गत अगस्ट महिनादेखि बंगलादेशको शरणमा छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ