arrow

दाङमा एमालेले टिकट नदिएपछि कोमल ओली वागी उमेद्वार, माओवादीका पूर्व सांसद पनि वागी

काँग्रेस, एमाले र माओबादीका नेताहरुले दिए उम्मेदवारी

logo
शुरेस श्रेष्ठ,
प्रकाशित २०७४ कार्तिक १६ बिहिबार
komal-candidate.jpg

दाङ । मंसीर २१ गते हुने प्रतिनिधी सभा र प्रदेशको निर्वाचनका लागि दाङमा आज बिहीबार उम्मेदवारी दर्ता भएको छ । नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओबादी केन्द्र, राष्ट्रिय जनमोर्चा, राप्रपा, राप्रपा प्रजातान्त्रीक, राष्ट्रिय जनमुक्ति, नेकपा माले, नयाँ शक्ति नेपाल, संघिय समाजबादी फोरम, संघिय समाजबादी, संघिय खम्बुवान लोकतान्त्रीक, केही स्वतन्त्र लगायतकाले उम्मेदवारी दर्ता गराएका छन् । 

नेपाली काँग्रेसका केन्द्रिय सदस्य दीपक गिरीले प्रतिनिधी सभाका लागि क्षेत्र नम्वर ३ बाट उम्मेद्वारी दिएका छन्। श्रमराज्य मन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश सभाका लागि क्षेत्र नम्वर ३ को १ बाट उम्मेदवारी दिए । 

नेकपा माओबादी केन्द्रका नेता एबम बिना बिभागीय मन्त्री कृष्णबहादुर महराले क्षेत्र नम्वर २ बाट प्रतिनीधि सभामा उम्मेदवारी दर्ता गराए । नेकपा एमालेका नेता एबम पूर्ब संञ्चार मन्त्री शंकर पोख्रेलले क्षेत्र नम्वर २ को १ बाट उम्मेदवारी दर्ता गराए । 

नेपाली काँग्रेसका सुशीला चौधरीले क्षेत्र नम्वर १ र २ मा राजु खनालले उम्मेदवारी दर्ता गराए । १ मा प्रदेश सभाका प्रदीपबहादुर थापा र २ मा जानकीलाल बस्नेत, क्षेत्र नम्वर २ मा प्रदेश सभाका लागि १ मा कमल किशोर घिमिरे र २ मा भरतबहादुर न्यौपाने, क्षेत्र नम्वर ३ को १ मा डिल्लीबहादुर चौधरी र २ मा पूर्ब सांसद बुद्धिराम भण्डारीले प्रदेश सभाका लागि उम्मेदवारी दर्ता गराए। 

बाम गठबन्धनबाट प्रतिनिधी सभाका लागि क्षेत्र नम्वर १ बाट मेटमणी चौधरी, प्रदेश सभाका लागि १ बाट ईन्द्रजीत चौधरी, क्षेत्र नम्वर २ बाट एमालेका तर्फबाट प्रदेश सभामा शंकर पोख्रेल र अमरबहादुर डाँडी, क्षेत्र नम्वर ३ को १ मा बाम गठबन्धनबाट नेकपा एमालेका हिराचन्द्र केसीले उम्मेदवारी दिए । प्रदेश सभाका लागि १ मा माआबोदी जगप्रसाद शर्मा २ बाट उत्तरकुमार वलीले उम्मेदवारी दिए । 

नेपाली काँग्रेस विपीको तर्फबाट क्षेत्र नम्वर १ मा प्रतिनीधि सभामा अशोक खडकाले उम्मेदवारी दिए । 

नेकपा माओबादीबाट असन्तुष्टी जनाउदै पूर्ब सांसद कुवेर ओलीले उमेद्वारी दर्ता गराएका छन्। नेकपा एमालेमा केही दिन अघि पार्टी प्रबेश गरेकी कोमल ओलीले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छन् । 

 राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्य पद छाडेर नेकपा एमालेमा प्रबेश गरेकी चर्चित लोक गायिका कोमल वलीले दाङ क्षेत्र नम्बर ३ को प्रतिनिधि सभामा स्वतन्त्र उमेद्वारी दिएर एमालेको बागी उम्मेदवार भएकि छिन् । 

एमाले र माओवादी नेतृत्वको वाम गठबन्धनले टिकट नदिएपछि कोमलले दाङ क्षेत्र नम्बर ३ का लागि स्वतन्त्र उम्मेदवारी भएकी हुन । यसअघि उनले समानुपातिक उम्मेदवार बन्न इच्छा देखाए पनि उनलाई त्यसमा समेटिएको थिएन। 

चुनावमा ४५ जिल्लामा प्रतिनिधिसभातर्फ १ सय २८ सदस्य र प्रदेशसभाका लागि २ सय ५६ सदस्यका लागि उम्मेदवारी मनोनयन दर्ता भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ