arrow

अफगानिस्तानमा झाडापखालाका कारण बार्षिक ९ हजार ५ सय बालबालिकाको मृत्यु

logo
प्रकाशित २०७४ कार्तिक १७ शुक्रबार
Death-body-nepali-simbol.jpg.jpeg

काबुल । अफगानिस्तानमा झाडा पखालाका कारण हरेक बर्ष झण्डै नौ हजार ५०० बालबालिकाको मृत्यु हुने गरेको पाइएको छ । 

राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले बिहीबार सार्वजनिक गरेको एक विवरणमा अफगानिस्तान भरी दैनिक २६ जना बालबालिकाको मृत्यु झाडापखालाकै कारण हुने गरेको छ । "झाडापखालाका कारण बर्षेनी मृत्यु हुने मध्ये झण्डै आठ हजार जना पाँच बर्ष मुनिका बालबालिका हरेका छन्," प्रतिवेदनमा उल्लेख गरिएको छ । 

शौचालयको प्रयोग र खाना खानु अघि हात धुनु पर्ने चेतनाको अभावका कारण धेरै बालबालिकाहरुलाई झाडापखाला हुनेगरेको पाइएको छ । यसलाई सजिलै हटाउन सकिने अफगानिस्तान स्थित युनिसेफका प्रतिनिधि अदेले खोडरले बताए ।  सिन्ह्वा
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ