arrow

बेलायतको रक्षामन्त्रीमा विलियमसन नियुक्त

logo
प्रकाशित २०७४ कार्तिक १७ शुक्रबार
British-Union-Jack-Flag.jpg

लण्डन, बेलायत ।  बेलायतकी प्रधानमन्त्री टेरिजा मेले यौन प्रकरणमा पूर्व रक्षामन्त्री माइकल फालनको राजिनामापछि रिक्त पदमा गाभिन विलियमसनलाई नियुक्त गरेका छन् । 

प्रधानमन्त्री मेको कन्जरभेटिभ पार्टीका मुख्य सचेतक रहेका  ४१ बर्षीय विलियमसन बेलायतको संसद सदस्यका रूपमा सन् २०१० मा पहिलो पटक प्रतिनिधित्व गरेका थिए । एक महिला पत्रकारसंग १५ वर्ष अघि अभद्र व्यवहार गरेको आरोप लागेका पूर्व रक्षामन्त्री फालनले आफ्नो पदबाट बुधबार राजीनामा दिएका थिए । 

आकस्मिक रुपमा आफ्नो राजीनामा प्रधानमन्त्री टेरीजा मे समक्ष बुझाएपछि विलियमसनलाई उक्त पदमा नियुक्त गरिएको हो । 

यद्यपि फालनले राजीनामाको कारण भने खुलाएका थिएनन्। फालन विरुद्ध सन् २००२ मा कन्जरभेटिभ पार्टीको सम्मेलनका बेला एउटा रात्रीभोजमा पटक पटक पत्रकार जुलिया हार्ले ब्रुअरको घुँडा छोएको आरोप लागेको थियो । 

तर हालै उक्त प्रकरणबारे फेरि समाचारहरु आएपछि फालन माथि दबाब बढेको थियो। फालनले मंगलबारमात्रै आफ्नो विगतको व्यवहारप्रति क्षमा मागेका थिए । सिन्ह्वा
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ