arrow

सिरियामा रुसी सेनाको कारबाहीमा १७ बिद्रोही मारिए

logo
प्रकाशित २०७४ कार्तिक १७ शुक्रबार
Siriya.jpeg

बेरुत । उत्तरपश्चिमी सिरियाली सहर इडलिबमा रुसी सेनाको हवाई कारबाहीका क्रममा परी बिहीबार १७ जना विद्रोहीको मृत्यु भएको समाचारमा छ । 

सिरियाको इडलीब प्रान्तमा सो कारबाही भएको सिरियाली विद्रोहको अवस्थाका बारेमा अनुगमन गरिरहेको अधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जानकारी दिएको छ । 

मारिनेमा सिरियाका विद्रोही लडाकूहरु रहेको मानवअधिकारकर्मीहरूले पुष्टी गरेका छन् । उक्त अधिकारवादी संस्थाका अनुगमनकर्ताले मङ्गलबार बिहान सो जानकारी दिएका प्राप्त समाचारमा जनाइएको छ । 

बिहीबार साँझपख हवाई सेनाले कारबाही थालेको थियो । कारबाहीका क्रममा १७ जनाको ज्यान गएको बताइएको छ । तर उक्त कारबाही किन गर्नु परेको हो भन्ने बारेमा भने रुसी वा सिरियाली सेनाले केही बताएको छैन ।     

रुसी सेनाले फायलाक अल साम आवद्ध विद्रोहीहरूलाई लक्ष्यगरेर सो कारबाही गरेको विगतमा पनि बताउने गरेको थियो । घटना भएको इडलिब द्वन्द्व प्रभावित क्षेत्रको रूपमा मानिन्छ ।  एएफपी
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ