arrow

गुप्तचर निकायले ह्वाइट हाउसको उत्तरी क्षेत्र गरायो बन्द

logo
प्रकाशित २०७४ कार्तिक १८ शनिबार
white-house.jpg

वासिङटन । अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाईट हाउसमा शुक्रबार विहान शंकास्पद गतिविधि देखिएपछि कार्यालयको उत्तरी क्षेत्र बन्द गरिएको छ ।  “ह्वाईट हाउसको उत्तरी भागमा बन्द गरिएको छ भने शंकास्पद गतिविधिका बारेमा सुरक्षाकर्मीहरुले अनुसन्धान सुरु गरिसकेका छन्,” गुप्तचर निकायले भनेको छ ।

गुप्तचर निकायको आधिकारीक ट्विटरमा शंका लागेका व्यक्तिहरुलाई नियन्त्रणमा लिइएको पनि जनाइएको छ ।  ह्वाईट हाउसको उत्तरी भागमा रहेका पत्रकारहरुलाई पहिले नै कुनै स्पष्ट कारण विना त्यहाँबाट हट्न भनिएको थियो ।  राष्ट्रपति डोनाल्ड ट्रम्पले एसियाको भ्रमणका लागि राष्ट्रपति कार्यालय छाडे लगत्तै यस्तो घटना भएको हो । सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ