arrow

क्युबाको आम निर्वाचनमा २७ हजार उम्मेदवार

logo
प्रकाशित २०७४ कार्तिक १८ शनिबार
election.jpeg

हवाना, क्युबा ।  क्युबामा हुन लागेको आम निर्वाचनका लागि २७ हजार २२१ जनाले उम्मेदबारी दर्ता गराएका छन् । 

आउदो नोभेम्बर २६ तारिखका दिन हुने निर्वाचनका लागि उनीहरुले उम्मेदवारी दर्ता गराएको राष्ट्रिय निर्वाचन आयोग क्युबाले शुक्रबार जनाएको छ । आयोगले जारी गरेको वक्तव्यका अनुसार कुल उम्मेदवारहरु मध्ये ३५.४ प्रतिशत उम्मेदवारहरु महिला रहेका छन् । त्यसैगरी झण्डै ६६.४४ प्रतिशत उम्मदेबारहरु दोहोर्याएर चुनावी मैदानमा उत्रिएको पनि आयोगले जनाएको छ । 

क्युबामा उम्मेदवारहरुलाई कुनै एउटा राजनीतिक पार्टीको उम्मेदवारको रुपमा प्रचार गर्न नपाईने व्यवस्था रहेको छ । आफ्नो फोटो र जीवनीको प्रचार गरेर उम्मेदवारहरुले मतदातासँग मत माग्न पाउने छन् भने मतदाताले पनि त्यसैका आधारमा उम्मेदवारको छनौट गर्नेछन् । यीनै उम्मेदवारहरु मध्येबाट नै १५ प्रदेशसभाका लागि र उम्मेदवारहरु मध्ये आधा राष्ट्रिय सभाका लागि छनौट हुनेछन् । 

क्युबामा नगरपालिकास्तरको निर्वाचन हरेक साढे दुई बर्षमा हुने गरेको छ भने प्रदेश सभा र राष्ट्रिय सभाका लागि पाँच पाँच बर्षमा मात्रै निर्वाचन हुनेगरेको छ । अहिलेका राष्ट्रपति राहुल क्याष्ट्रोको पाँच पाँच बर्षे दोस्रो कार्यकाल आगामी सन् २०१८ को फेब्रुअरीमा सकिनेछ । सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ