arrow

ओलीको भाषण फेरियो : भन्छन्–संसदीय व्यवस्थाको गीत गाइरहन आवश्यक छैन

logo
प्रकाशित २०७४ कार्तिक १८ शनिबार
KP-oli-naya-news.jpeg

मोरङ । एमाले अध्यक्ष केपी ओलीले आफ्नो गठबन्धनलाई वाम लोकतान्त्रिक गठबन्धन भनेका छन् । विराटनगरमा ओलीले भने, ‘वामपन्थीहरुको गठबन्धन वाम लोकतान्त्रिक गठबन्धन भएकोले द्रुत विकासका लागि आर्थिक ,सामाजिक र आर्थिक नीति प्रस्ट र सही छ ।’

विरोधीहरुले मार्छ भनेर भ्रम फैलाएको एमालेले नै जेष्ठ नागरिक, अपांग र सिमान्तकृतहरुलाई सामाजिक सुरक्षा भत्ता दिएर सबैभन्दा अघि बढेर संरक्षण गरिरहेकाले विरोधीहरु परास्त भइसकेको जिकिर ओलीको छ ।

ओलीले देशले द्रुत गतिको विकास माग गरेकोले विकसित देशहरुको दाँजोमा पुग्न नेपालका वापन्थीहरु एक हुनुपरेको बताए । ओलीले भने ‘अब अगाडि बढ्ने हो भने गफ छाडेर द्रुत गतिमा दौडन सक्नुपर्छ जो सक्दैन त्यो सधै पछि पर्छ र भोकै मर्छ ।’

यस्तै, ओलीले आफुहरुले चुनावी नतिजा राम्रो ल्याए मुलुक प्रत्यक्ष  निर्वाचित कार्यकारीको पद्दतीमा जानेतर्फ संकेत गर्दै  देशको दु्रत विकासका लागि संसदीय प्रणालीको गीत गाइरहन आवश्यक छैन,–भने ।
उनले संसदीय व्यवस्था अचुक अस्त्र होइन समेत भनेका छन् । अमेरिका, चीन जस्ता देशहरुले फरक शासन प्रणाली अपनाएर पनि द्रुत रुपमा प्रगति गर्न सफल भएको बताउँदै डिक्टेरियल प्रणालीको जमाना लोप भइसकेको ओलीको तर्क छ ।

अब दिगो विकासका लागि मुलुकमा शासन प्रणाली आवश्यक भएको सुनाए । ओलीले भने, ‘जनताले चाहे कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपतीय प्रणाली जे पनि हुनसक्छ ।’

पुर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले प्रतिस्पर्धी पार्टीहरुसँग प्रभावकारी चुनावी एजेण्डा नभएकोले पुरानै खाले सर्वसत्ताबाद र अधिनायकवादको भ्रम फैलाएर वाम गठबन्धनलाई बदनाम गराउने प्रयास गरेपनि सफल नहुने बताएका हुन् । उनले अब नेपालमा वाम गठबन्धनलाई पराजित गर्न कुनै पनि शक्तिले नसक्ने जिकिर समेत गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ