पाँच वर्षभित्रमा रोङलाई नमुना पर्यटकीयस्थल बनाउछु : झलनाथ खनाल
प्रकाशित २०७४ कार्तिक १८ शनिबार
308
Shares
इलाम । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गराएर आफ्नो पार्टीले संविधानको पूर्ण कार्यान्वयन गराउने बताएका छन् ।
एमाले रोङ गाउँपालिका–६ को अधिवेशनको शुक्रबार उद्घाटन गर्दै उनले संविधान बचाउन र यसको सफल कार्यान्वयनका लागि वाम गठबन्धन गरिएको उल्लेख गरे । एमालेले जहिलेपनि जनता बलियो हुने समाजवादी लोकतन्त्रको वकालत गर्दै मुलुकको आर्थिक समृद्धि चाहेको विचार व्यक्त गर्दै उनले समाजवादी लोकतन्त्रबाट मात्र देशको विकास सम्भव रहेको बताए ।
एमाले रोङ गाउँपालिका ६ का अध्यक्ष चन्द्रबहादुर राईको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वप्रधानमन्त्री खनालले आगामी पाँच वर्षभित्रमा रोङ गाउँपालिकालाई नमुना पर्यटकीयस्थलको रूपमा विकास गरिने बताउँदै भने, “रोङ गाउँपालिका अहिले जिल्लाकै कृषि क्षेत्रको अग्रणी नगरपालिका हो, अब यहाँका सुन्तला, मह, अलैंचीलाई विश्व बजारमा पुर्याएर यहाँको अर्थतन्त्र माथि उक्साउने लक्ष्यमा छौं । ”