arrow

ट्रम्पको भ्रमणको पूर्वसन्ध्यामा दक्षिण कोरियामा प्रदर्शन

logo
प्रकाशित २०७४ कार्तिक १९ आइतबार

सोल, दक्षिण कोरिया ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दक्षिण कोरियामा हुन लागेको भ्रमणको पूर्वसन्ध्यामा आइतबार सयौँको सङ्ख्यामा कोरियाली जनताले उक्त क्षेत्रमा शान्तिका लागि प्रदर्शन गरेका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पको जापान, दक्षिण कोरिया, चीन लगायत एसियाली मुलुकको भ्रमण वासिङ्टन र प्योङ्याङबीच उत्तर कोरियाको आणविक परीक्षणका कारण पेचिलो सम्बन्ध बनिरहेका समय हुन लागेको भ्रमणका क्रममा दक्षिण कोरियाको राजधानीमा शान्तिका पक्षमा प्रदर्शन भएको हो ।

यद्यपि प्रदर्शनमा साह्रै ठूलो सङ्ख्यामा सहभागिता भने देखिएन ।  आइतबार जापानको टोकियो आइपुग्नुभएका अमेरिकी राष्ट्रपति ट्रम्प मङ्गलबार र बुधबार दक्षिण कोरिया पुग्ने कार्यक्रम छ ।

आफ्नो एसियाली राष्ट्रको भ्रमणका क्रममा ट्रम्पले भियतनामी, चिनियाँ र फिलिपिनी राष्ट्राध्यक्ष लगायतका उच्च पदस्थ अधिकारीसँग भेटवार्ता गर्नुहुनेछ । एएफ्पी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ