arrow

विवादित बेलायती मन्त्रीद्वारा राजीनामा

logo
प्रकाशित २०७४ कार्तिक २३ बिहिबार
priti-patel.JPG

लण्डन । इजरायलका नेताहरुसँग अनधिकृत रुपमा भेटेपछि विवादित बनेकी बेलायतकी अन्तर्राष्ट्रिय विकास मन्त्री प्रिती पटेलले अन्ततः राजीनामा नै दिनु परेको छ ।

गत अगष्टमा इजरायलमा छुट्टी मनाउन गएका बेला मन्त्री पटेलले त्यहाँका प्रधानमन्त्री बेन्जामिन नेत्यान्याहुलगायत वरिष्ठ अधिकारीहरुलाई भेटेको घटना सार्वजनिक भएपछि उनी विवादित बन्दै आएकी थिइन् । 

इजरायली अधिकारीहरुसँग भेटेको बारेमा उनले बेलायती विदेश मन्त्रालय र प्रधानमन्त्रीको कार्यालयलाईसमेत जानकारी गराएकी थिइनन्। 

त्यसपछि मन्त्री पटेलको बेलायतमा चर्को आलोचना हुँदै आएको थियो । उनले आफ्नो व्यवहारबारे क्षमासमेत मागेकी थिइन् । 

४५ वर्षीया पटेल भारतीय मूलकी हुन् ।

अफ्रिकाको भ्रमण छोट्याएर फर्कनासाथ पटेलले टेन डाउनिङ स्ट्रिट गएर प्रधानमन्त्री टेरिजा मेलाई आफ्नो राजीनामा पत्र बुझाएकी हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ